असामाजिक व्यवहारसँग जुध्न शिक्षकको शरीरमा क्यामरा
काठमाडौ । इंग्ल्यान्डका स्कूलहरूले शिक्षकहरूको शरीरमा क्यामरा जडान गरिरहेका छन् ।ती स्कूलहरूले कक्षाकोठामा विवाद बढन नदिने स्थायी उपायको खोजीमा यो परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
एक लन्डनमा र एक ह्याम्पसायर गरी कम्तीमा दुई स्कूलमा यस्तो कार्यक्रम सञ्चालनमा आएको छ । यो क्यामरा हलुका वजनको छ । यो क्यामरा हलुका भएको लगाउनेले बताएका छन् । विद्यार्थीहरूद्वारा कक्षा कोठामा गरिने दुव्र्यवहार जस्ता असामाजिक व्यवहार नियन्त्रण लिन यो प्रक्रिया अपनाउन खोजिएको हो ।
विम्बलडनस्थित साउथफिल्ड्स एकेडमीका उपप्राधानाध्यापक ल्यारी डेभिसले यो कार्यक्रम सञ्चालन गरिएयता विद्यार्थीहरूबाट हुने दुव्र्यवहारमा धेरै कमी आएको बताए ुयो क्यामराको प्रयोगबाट दुव्र्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । तर कतिपयले यो कार्यक्रमको आलोचना गरेका छन् । बिग ब्रदर वाचका निर्देशकले शरीर क्यामराको प्रयोग अनुचित भएको यस्ता कार्यक्रममा हाम्रा स्कूलमा नराखिने बताए ।्
।
प्रतिक्रिया