मोदीको प्रयोग दिल्ली चुनावमा सफल होला ?
काठमाडौ । भारतको राजधानी प्रान्त दिल्ली विधान सभा चुनावको मतदान बेलुका ६ बजेसम्म हुने भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु मुसलमानबीच फाटो ल्याएर चुनाव जित्ने प्रयोगबाट दिल्लीमा सत्ताधारी भाजपाको सरकार बनाउन सक्ने हुन वा होइनन त्यसको परीक्षणको रूपमा आजको मतदान हुने भएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।
दिल्लीको शाहीन बागमा महिलाहरूले दुई महिना जति लामो समय देखि मोदी सरकारले गरेको नागरिकता संशोधन र ल्याउन खोजेको नागरिक दर्ता कानुन र जनसंख्या दर्ता कानुनको विरोधमा धर्ना दिइ बसेका छन् ।
महिलाहरूले मोदीको यो योजना देशमा हिन्दु मुसलमानबीच फाटो ल्याउने र साम्प्रदायिक सदभाव बिथोल्न ल्याएको आरोप लगाइरहेका बेला दिल्ली चुनावी अभियानलाई सम्बोधन गर्दै मोदीले शाहीन बागको आन्दोलन संयोग नभएर प्रयोग भएको जनाएका थिए ।
मोदीको सोही प्रयोगको रूपमा रहेको दिल्ली विधान सभाको मतदानमा त्यहाँ रहेको आम आदमी पार्टीको सरकारलाई हटाएर भाजपाको सरकार ल्याउने योजना रहेको देखिन्छ ।
आज ८ फेब्रुअरीमा भएको मतदानको मतपरिणा ११ फेब्रुअरीमा सार्वजनिक हुने छ ।
७० सीटका लागि भइरहेको मतदानमा ६७२ जना उम्मेदावर भाग लिइरहेका छन् । यो चुनावमा दिल्लीको सत्ताधारी आम आदमी पार्टी, देशको सत्ताधारी भाजपा र कांग्रेस पार्टीबीच त्रिकोणी प्रतिस्पर्धा हुने देखिएको छ ।
सन् २०१५मा भएको दिल्ली विधान सभाको निर्वाचनमा आम आदमी पार्टीले ६७ स्थानमा जीत हात पारेको थियो । भाजपालाई ३ सीट प्राप्त भएको थियो भने कांग्रेस पार्टीलाई कुनै जीत प्राप्त भएको थिएन् ।
यसअघि कांग्रेस तीन पटक दिल्लीमा सरकार बनाइसकेको छ ।दिल्लीमा डिसेम्बर २०१३मा भएको विधान सभा निर्वाचनमा आम आदमी पार्टीले कांग्रेससँग मिलेर सरकार बनाएको थियो तर यो सरकार ४९ दिनसम्म मात्र टिकेको थियो ।
आम आदमी पार्टीले त्यो सरकार ढालेर चुनावमा भएर अहिले सत्तामा आएको छ ।्आम आदमी पार्टीको यो सरकार २२ फेब्रुअरीमा समाप्त हुने भएको छ । सरकार बनाउन ३६ सीट चाहिन्छ ।
यो पटकको चुनावलाई सरकार बनाउनु भन्दा पनि मोदीको प्रयोग सफल होला वा नहोला भन्ने बीचको लडाइको रूपमा लिइएको छ । यसअघि भएका विभिन्न प्रान्तका विधान सभा निर्वाचनमा मोदीको पार्टी भाजपालाई सरकारबाट हट्नु परेकोले दिल्लीको चुनावलाई मोदीले आफै प्रयोग भनी बताइसकेका छन् ।।
प्रतिक्रिया