सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोक, २५ माघ । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा शुक्रबार मध्यराति अज्ञात समूहले आक्रमण गर्दा दुई जना प्रहरी घाइते भएका छन् ।

अज्ञात समूहले राती सुतिरहेको समयमा गरेको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज प्रहरी साहयक निरिक्षक सन्तोषकुमार झासहितत प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ ।

मध्ये रातमा एक्कासि प्रहरी चौकीमा ढुंगामुढा भएपछि प्रहरीले आफ्नो जिउँ ज्यान जोगायर लुक्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ । चौकीमा चौतर्फी ढुंगामुढा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाको लागि पाँच राउन्ड हवाई फायर खोलेको र लगतै १४–१५ मोटरसाइकलमा रहेका आक्रमणकारी भागेको समेत प्रहरी पृष्टि गरेको छ ।

आक्रमणकारीको खोजि भईरहेको बताउदै प्रहरीले उक्त घटनामा संलग्गन रहेको आशंकामा एकजनालाई पक्राउ गरेको र अन्यको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।