हतियार लुट्न खोज्ने सैनिक जवानको गोली प्रहारबाट २०को मृत्यु
काठमाडौ । थाइल्यान्डको राजधानी बैंककमा एक सैनिक जवानले गरेको गोलीप्रहारबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । थाइल्यान्डको रक्षामन्त्रालयको प्रवक्ताले जनाए अनुसार जुनियर अफिसर पदमा कार्यरत जवान जकराफन्थ थोमाले सैनिक शिविरबाट हतियार चुराउन पहिले आफ्नो कमान्डिंग अफिसरमाथि हमला गरेका थिए ।
हमला गरेपछि त्यो सैनिक जवानले बैंकक शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोली प्रहार गरेको थियो । अहिले संंदिग्ध आक्रमणकारी कतै लुकि बसेको छ ।
स्वाथ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ र अस्पतालमा ४को मृत्यु गरी कुल २० जनाको मृत्यु भइसकेको पुष्टि गरेका छन् ।
उनका अनुसार घटनामा ३१ जना घाइते भएका छन् । ती मध्ये १० जनाको स्थिति गम्भीर रहेको छ ।
स्थानीय मिडियाको फुटेजमा त्यो आक्रमणकारीले कार सपिङ सेन्टरबाट बाहिर निकालिरहेको र गोली प्रहार गरिरहेको देखिन्छ । आक्रमणकारीले सोसल मिडियामा पोस्ट गरेको छ ।
त्यसमा उसले आत्मसमर्पण कहाँ गर्ने भनी सोधेको छ । प्रहारीले सपिङ सेन्टर सील गरी खोजी कार्य गरिरहेको छ । मानिसलाई घरबाट ननिस्कन सावधान गराइएको छ ।
प्रतिक्रिया