मानिसहरूको हत्या गरी १७ घन्टा देखि बैंकक हल्लाएका बन्दुकधारी मारिए

मानिसहरूको हत्या गरी १७ घन्टा देखि बैंकक हल्लाएका बन्दुकधारी मारिए


काठमाडौं । थाइल्यान्डका सुरक्षाकर्मीहरूले राजधानी बैंककमा अन्धाधुन्ध गोली चलाएर कम्तीमा २१ जनाको हत्या गरी सपिङ मलमा लुकि बसेका बन्दुकधारीलाई मारेका छन् ।

बन्दुकधारीको बन्धकबाट आम जनतालाई छुटाउन सुरक्षाकर्मीले उनको हत्या गरेको त्यहाँको स्वास्थ्यमन्त्रीले जनाएका छन् । प्रहरीले ८ जना बन्धकलाई मुक्त गराउन प्रहरीले उनलाई मार्न परेको जनाइएको छ ।

यसअघि थाइल्यान्डको रक्षामन्त्रालयको प्रवक्ताले जनाए अनुसार जुनियर अफिसर पदमा कार्यरत जवान जकराफन्थ थोमाले सैनिक शिविरबाट हतियार चोर्न  पहिले आफ्नो कमान्डिंग अफिसरमाथि हमला गरेका थिए ।

हमला गरेपछि त्यो सैनिक जवानले बैंकक शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोली प्रहार गरेको थियो । अहिले संंदिग्ध आक्रमणकारी कतै लुकि बसेको जनाइएको थियो  ।

स्वाथ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ र अस्पतालमा ४को मृत्यु गरी कुल २० जनाको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

उनका अनुसार घटनामा ३१ जना घाइते भएका छन् । ती मध्ये १० जनाको स्थिति गम्भीर रहेको जनाइएको थियो  । प्रहारीले सपिङ सेन्टर सील गरी खोजी कार्य गरिरहेको जनाएर गरेको कारबाहीमा उनको मृत्यु भएको हो ।