नेपालमा सडक दुर्घटनाको भयावह अवस्था : दैनिक सात जनाको मृत्यु

नेपालमा सडक दुर्घटनाको भयावह अवस्था : दैनिक सात जनाको मृत्यु

राजविराज । मुलुकमा सवारी दुर्घटनामा परी  दैनिक सात जनाको ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ । 

यहाँ आयोजित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको दोश्रो नगरअधिवेशन उद्घाटन समाहरोमा प्रस्तुत प्रतिवेदनले मुलुकमा दुर्घटनाको भयावह अवस्था रहेको देखाएको हो । राज्यले बढ्दै गएको सवारी दुर्घटनाको मुल कारण पत्ता लगाउनुको सट्टा सबै दोष चालक र यातायात मजदुर माथि नै थोपारेर आफु पन्छिने गरेको आरोप समेत कार्यक्रमका सहभागी वक्ताहरुले लगाए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय महासचिव नवराज घिमिरेका अनुसार मुलुकमा दैनिक सवारी दुर्घट्नामा सात जनाको ज्यान जाने गरेको उल्लेख छ ।

बढ्दो सवारी दुर्घट्ना प्रति चिन्ता ब्यक्त गर्दै राज्यले यसको मुल कारण पत्ता लगाउनुको सट्टा सवारी चालक र यातायात मजदुरलाई मात्र दोष लगाई पन्छिने गरेको गुनासो गरे । अधिकाँश दुर्घटना जिर्ण सडक, पुल र थोत्रा गाडीका कारण हुने गरेको छ, उनले भने – ‘तर चालक र यातायात मजदुरमाथी मात्र सबै दोष थुपार्ने र जेल पठाउने काम बढी हुन थालेको छ ।’ उनले श्रमिकहरुको हितमा सरकारले समाजिक सुरक्षा ऐन ल्याउन लागेकोमा प्रसंन्नता ब्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड समेत दिए ।

श्रमिकहरुको हितमा ल्याउन लागिएको समाजिक सुरक्षा ऐनको दुरुपयोग नहोस र कुनै पनि वहानामा नरोेकियोस भन्ने तर्फ सरकार सचेत र सजग रहनु पर्ने उनको सुझाव छ ।
कार्यक्रममा नेकपाका प्रदेश २ कमिटीका सदस्य महेश प्रसाद यादवले मुलुकको हरेक परिवर्तनमा अग्रणी भुमिका खेल्ने मजदुरको जीवनमा भने कुनै परिवर्तन आउन नसकेको बताए  । ‘एकातिर मजदुरको पेशागत हकहितका लागि राज्यको लगानी अति न्युन छ, अर्काेतिर मजदुरलाई समाजले पनि हेपाहा दुष्टिकोणले हेर्ने गरेको छ,’ उनले भने, ‘मजदुरप्रतिको हेर्ने दृष्टिकोणमा साकारात्मक परिवर्तन आउनु जरुरी छ, र उनीहरुको जिवनस्तरमा सुधार ल्याउन राज्यले जिवन विमादेखि श्रमको उचित मुल्याँकन हुनेगरी पारिश्रमिक निर्धारण लगायतका विषेश कार्यक्रम ल्याउनु उतिकै जरुरी छ ।”

नगर कमिटीका अध्यक्ष भोला प्रसाद यादवको अध्यक्षतामा आयोजित उद्घाटन समाहरोमा नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रिय सल्लाहकार कमिटीका अध्यक्ष सुरेन्द्र साह, प्रदेश २ का अध्यक्ष रामदयाल चौधरी, प्रदेश २ कार्यालय सचिव मनोज कुमार झा, कानुन व्यवसायी दुर्गान्दन चौधरी, मजदुर नेता केदार देव, सिताराम ठाकुर लगायतले मुलुकमा धेरै परिर्वतन भएपनि मजदुरहरुको अवस्था भने ज्युँका त्यूँ रहेकोमा चिन्ता ब्यक्त गर्दैै सडक सुशासन कायम गर्न र दुर्घटना न्युनिकरणमा भुमिका खेल्न सरोकारवाला सबै पक्ष सक्रिय हुनु पर्नेमा जोड दिए । 

कार्यक्रममा सहभागि यातायात मजदुरलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय समितीका पदाधिकारीहरुले दुर्घटना न्युनिकरणका लागि सवारी चलाउँदा मोवाईल प्रयोग नगर्ने, मादक पर्दाथ सेवन नगर्ने, बालश्रम प्रयोग नगर्ने, तिब्र गतीमा गाडी नचलाउने लगायतका आठ बुँदे विषयमा प्रशिक्षण समेत दिएका थिए । 

यसैविच नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटी राजविराजको अध्यक्ष पदमा पुनः भोला प्रसाद यादव निर्वाचित भएका छन् । शनिवार सम्पन्न दोश्रो नगरअधिवेशनबाट अगामी दुई वर्षे कार्यकालका लागी यादव सर्वसम्मतबाट निर्वाचित भएका हुन् ।

बन्दसत्रमा केन्द्रिय समितीका पदाधीकारीहरुको उपस्थितीमा भएको छलफल सहमतीमा पुगेपछि यादव निर्विरोध निर्वाचित भएका हुन् । उनी यस अघिपनि अध्यक्ष पदको जिम्मेवारी वहन गर्दे आएका थिए । यस्तै नवगठीत समितीको उपाध्यक्षमा सुरेश यादव, सचिवमा जयराम यादव, सहसचिव विनय प्याकुरेल र कोषाध्यक्षमा ओम प्रकाश वर्मा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अनिल राय, चन्दन नायक, संतोष मण्डल, विजयलाल कर्ण, निराजन चौधरी, प्रविण यादव, गुड्डु कर्ण, कमल दास, मो.मुस्तफा र दिनेश मण्डल निर्विरोध निर्वाचित भएको संगठनका कानुनी सल्लाहकार दुर्गान्द चौधरीले जानकारी दिए ।