विश्वकप क्रिकेट लिग : नेपालले ओमनलाई दियो २५० रनको चुनौती
काठमाडौं, २६ माघ । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५० रनको चुनौती दिएको छ । कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेपछि नेपालले ओमनलाई २५० रनको लक्ष्य दिएको हो ।
खेलमा मल्लको ५६ रनको सहयोगले नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको छ।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । यसअघि नेपाल ओमानसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । जसमा ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै नेपालले २ सय ४९ रन बनाएको थियो ।
खेलमा कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाए भने विनोद भण्डारी ३५, पारस खड्का ३८, आरिफ शेख र कुशल मल्लले समान २८ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेल २२ र करण केसी १० रन जोड्न सफल भएका थिए ।
प्रतिक्रिया