चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात : विजुक्छे

चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात : विजुक्छे

भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । चीनबाट एक्कासी कोरोना भाइरस फैलनु संकास्पद भएको पनि उनले बताए । 
नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकाले विभिन्न देशसँग आफूले विविन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको र कोरोना भाइरसको पछाडी पनि अमेरिकाको हात रहेको हुन सक्ने अशंका ब्यक्त गरे ।

अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दे उपत्यका बाहिर राख्न सुझाव पनि दिए । उनले भने, ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन्, काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’