हङकङमा रोकिएको पानी जहाजका साढे तीन जहाज याुत्रमा कोरोनाभाइरस नेगेटिभ
काठमाडौ । कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आंशकामा हङकङमा रोकिएको पानी जहाजका ३६०० यात्रु र चालक दलको परीक्षणबाट उनीहरूमा भाइरस फेला परेको छैन् । ४ दिनको परीक्षण पछि उनीहरूलाई अनुमति दिइएको हो ।
कोरोनाभाइरसबाट मर्नेको संख्या सन् २००३मा फैलिएको सार्सको भन्दा बढी पुगेको छ । सार्सबाट विश्वका दुई दर्जन भन्दा बढी देशमा गरी सार्सबाट ७७४ जनाको मृत्यु भएको थियो ।
चीनको हुबेइ प्रान्तमा मात्रै ७८० भन्दा बढीको ज्यान कोरोनाभाइरसबाट गइसकेको छ ।
हङकङमा द वल्र्ड ड्रिम नामक पानी जहाजलाई बुधाबार रोकिएको थियो। बन्दरगाहका स्वास्थ्य अधिकारी लेङ यु होङले परीक्षणमा कोरोनाभाइरस फेला नपरेको जनाए ।
प्रतिक्रिया