पोलेको जलेको ठाउँ छोप्न कृत्रिम छाला छाप्दै थ्रीडी प्रिन्टर

पोलेको जलेको ठाउँ छोप्न कृत्रिम छाला छाप्दै थ्रीडी प्रिन्टर

काठमाडौ । जलेका छालालाई छोप्न कृत्रिम छाला छाप्ने काम थ्रीडी प्रिन्टरले गर्न सक्ने भएको छ । प्रविधिको विकासको रूपमा थ्रीडी प्रिन्टर प्रविधिले कृत्रिम छाला छाप्न थालेको हो । यसले बनाएको छालालाई क्लिनिकमा पु¥याउन सक्ने गरी परीक्षण गरिएको छ ।

सन् २०१८मा टोरन्टोको विश्वविद्यालयका इन्जिनियरहरूले थ्रीडी स्किन प्रिन्टरको विकास गरेका थिए ।  यो प्रविधिको नयाँ परिवर्तनकारी काम  गत महिना देखा परेको हो । यो प्रिन्टरले छाप्ने कृत्रिम छालाका बारेमा बायोफ्याब्रिकेशन जरनलमा छापिएको छ ।

युनिभर्सिटी अफ टोरन्टोले यो प्रिन्टर छापेको कृत्रिम छालाको तस्विर सार्वजनिक गरेको छ । यो कृत्रिम छालामा पोलेको जलेको ठाउँमा सीधा प्रोटिन पु¥याउने गरी आवश्यक तत्व मिलाइएको छ । पीडितको दुखाइ कम गरी घाउ निको पार्न मदत गर्छ ।