पूर्वसचिव कार्कीकी श्रीमती र कामदार मृत फेला

पूर्वसचिव कार्कीकी श्रीमती र कामदार मृत फेला

काठमाडौं, २७ माघ । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र उनको घरमा काम गर्ने एक जना मृत भेटिएका छन् । ललितपुरको सानेपास्थित कार्कीको घरमा सोमबार बिहान अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मुनाको टाउकोमा चोट छ । कार्की घरमा काम गर्ने दाङका विशेष चौधरीको झुण्डिएको अवस्थामा फेला परेका छन् । प्रहरी टोली निवासमा जाँदा शव भेटाएको थियो ।

प्रहरीले चौधरीले नै कार्कीलाई पिर्काले हानेर हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
अहिले घट्नास्थलमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेक बहादुर राईसहितको टोली पुगेर अनुशन्धान गरिरहेको छ ।