पाकिस्तानले भारतीय पाइलट छाड्ने

पाकिस्तानले भारतीय पाइलट छाड्ने

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूले गिरफ्तार गरेका भारतीय पायलटलाई शान्तिको प्रस्ताव गर्दै शुक्रबार छाड्ने जनाएका छन् ।  

केही दिन यता भारत र पाकिस्तानवीचको तनावलाइ कम गर्न पाकिस्तानले भारतीय पाइलटलाई रिहा गर्न इच्छुक भएको सन्देश प्रवाह पहिलो नै गरेको थियो ।  पाकिस्तानी विदेशमन्त्रीको हवाला दिँदै पाकिस्तानी सञ्चारमाध्यमले यस्तो सूचना बाहिर ल्याएका थिए । 

छिमेकमा द्वन्द्व कम गर्न ‘शान्ति विस्तार गर्ने निम्तो’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीलाइ दिने इच्छा जाहेर गरेका छन् । 

तर, भारतीय पक्षले भने अहिलेसम्म खानको प्रत्युत्तर दिएको छैन । यदि भारतले चाहने हो भने शान्ति सम्भव रहेको इस्लामावादका अधिकारीहरुले सार्वजनिक रुपमै भन्दै आएका छन् ।

केही दिन अगाडि भारत–पाक सीमा क्षेत्र पलुवामा भएको भारतीय सेनामाथिको आतंकी हमलाको जवाफ दिने क्रममा भारतले मुजफरावाद नजिक बालाकोटमा हमला गरेको थियो । 

त्यो हमलामा जैस ए मोहमदको ठेगानामा व्यापक हमला गरेको भारतले जनाएको थियो । भारतले त्यहाँ सयौंको हताहती र जैश ए मोहमदको क्याम्प तहसनहस गरेको दावी गरेको थियो । 

तर, यो समाचारको स्वतन्त्र पुष्टि हुन सकेन । यसैबीच भारतीय वायुसेनाका एक जना पाइलटलाई पाकिस्तानले आफ्नो सीमाभित्र गिरफ्तार गरेको जनाएको थियो ।