अमेरिकी राष्ट्रपतिलाई सत्ताच्युत गराउने अमेजनका मालिकको चाहना
काठमाडौ । विश्वको सबैभन्दा धनी अमेजन कम्पनीको मालिक जेफ बिजोसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताबाट हटाउन चाहेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षामन्त्रालय पेन्टागनको १० अर्ब अमेरिकी डलर बराबरको क्लाउड कम्प्युटिङ सम्झौता नदिएको झोंकमा अमेजनका मालिकले ट्रम्पलाई पदबाट हटाउन खोजेको आरटी डटकमले समाचार उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले त्यो सम्झौता अमेजनलाई नदिई माइ क्रोसफ्ट कम्पनीलाई दिएयता जेफ रिसाइरहेका छन् । उनले यो निर्णयलाई पूर्वाग्रही र अनुचित प्रभावमा परी गरेको निर्णय भएको आरोप लगाएका छन् ।
सोमाबार खोलिएको अदालतको दस्तावेजमा अमेजनले ट्रम्पलाई पदच्युत गराउन खोजिरहेको उल्लेख छ । अमेजनका मालिक जेफको स्वामित्वमा रहेको अमेरिकाको अखबार ‘द वासिंटन पोस्ट’ले ट्रम्पले पद सम्हाल्नु अघिदेखि निरन्तर विरोध गरी आएको छ ।
अमेजनको वेब सेवाले राष्ट्रपति ट्रम्पले राष्ट्रपति र कमान्डर इन चीफको हैसियतमा संघीय सरकारको ठेक्कापट्टाको कामसमेतमा हस्तक्षेप गर्ने गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया