इरानी क्षेप्यास्त्र आक्रमणले सय बढी अमेरिकी सेनाको मगज बिग्रियो
काठमाडौ । इरानले अमेरिकी सेनाको ठेगानमा गरेको क्षेप्यास्त्र आक्रमणले गर्दा १०९ जना अमेरिकी सेनाको मगज बिग्रिएको छ । अमेरिकी रक्षामन्त्रालयले सार्वजनिक गरेको जानकारीमा गत महिना इरानले गरेको क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी सेनाको मगजमा आघात पुगेको उल्लेख छ ।
अमेरिकाले इरानका सेनाको उच्च अधिकारी जनरल कासिम सोलेमानीको हत्या गरेपछि त्यसको बदला लिन बगदादस्थित अमेरिकी सैनिक अखाडामा इरानले जनवरी ७मा क्षेप्यास्त्र आक्रमण गरेको थियो । इरानले अमेरिका विरूद्ध दुई ब्लास्टिक मिसाइल आक्रमण गरेको थियो ।
शुरूमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै पनि मानवीय आघात नपुगेको जनाएको थियो । तर सोमबार जारी गरेको जानकारीमा १०९ जनाको मगजमा आघात पुगेको उल्लेख छ ।यो जानकारीमा कस्तो आघात पुगेको त्यसबारे विवरण उल्लेख गरिएको छैन् ।
प्रतिक्रिया