दिल्ली सरकारका लागि केजरीवाल फेरि सत्तामा आउने शुरूवाती अग्रता
काठमाडौ । भारतको राजधानी दिल्ली प्रान्तमा दिल्ली सरकारका लागि भएको मतदानको शुरूवाती मतगणना परिणामले मुख्यमन्त्री अरविन्द केजरीवालको सरकार फर्किने देखिएको छ ।
गत विधान सभा निर्वाचनको परिणाम जस्तो आम आदमी पार्टीले चुनाव नजिते जस्तो परिणाम नआए पनि सरकार बनाउन सहज बुहमत प्राप्त हुने देखिएको हो ।
७० स्थानमा केजरीवालले ५३ स्थानमा भाजपाले १६ र कांग्रेसले १ जना अग्रस्थानमा रहेका छन् ।
यसअघि नयाँ दिल्लीको सीटबाट जित्ने उम्मेदवारले सरकारको नेतृत्व गर्दै आएको देखिएको छ ।
१९९८देखि २०१३सम्म कांग्रेस पार्टीकी नेतृ शीला दिक्षित मुख्यमन्त्री बनेकी थिइन् । त्यसपछि अरविन्द केजरीवाल बनेका छन् ।
यो पटक केजरीवालको भाजपा प्रतिस्पर्धी सुनिल यादव छन् ।
प्रतिक्रिया