चीनबाट नेपालीलाई कहिले गर्ने उद्धार ?

चीनबाट नेपालीलाई कहिले गर्ने उद्धार ?

फणीन्द्र फुयाल ज्वाला

यतिबेला नोबेल कोरोना भाइरसले विश्व आतंकित बनेको छ । नेपालको छिमेकी देश चीनबाट करिव एक महिना अघि कोरोना भाइरस उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् । यो भाइरस चीनबाट फैलिएको र यसले महामारीको रुप लिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले समेत सतर्कता अपनाउन आवहन गरेको छ । त्यसोत कोरोना भाइरसका कारण ७०० भन्दा बढि चिनियाँ नागरिकको न्यान गइसकेको समाचारमा जनाइएको छ । 

यो चिन्ता एकतातिर छ भने अध्ययन, व्यपार, व्यबसाय आदिका लागि चीनमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारले भर्खर तयारी थालेको छ। सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले आफ्नो नियमित साप्ताहिक पत्रकार सम्मेलनमा चाँडै नेपालीहरुलाई चीनबाट स्वदेश ल्याउने तयारीको घोषणा गरेको एक हप्ता भइसक्दा पनि कामको थालनी अझै हुन नसक्दा चीनमा रहेका नेपाली र उनीहरुका आफन्तहरु सरकारसँग छिटै स्वदेश फिर्ता गर्न आग्रह गरिरहेका छन् ।

अभिभावकदेखि अधिकारकर्मीसम्मको दबाब बढेपछि चीनको वुहानबाट एक सय असी नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकार तयार भएको छ । विद्यार्थी लिन आगामी फागुन ३ गते नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३००) विमान चीन पठाइने जनाइएको छ । तर त्यो विमान भनेकै मितिमा उड्ला या न उड्ला त्यो भने निष्चित छैन । बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्ने पर्यटन मन्त्रालयको भनाई छ । त्यसका लागि पर्यटन, स्वास्थ्य मन्त्रालय, परराष्ट्र र नेपाल एयरलाइन्सका प्रतिनिधिसहितको एक समिति बनाइएको छ । 

कामको तयारी हुनु राम्रो हो । तर, काम गर्न थालिसक्नुपर्ने बेलामा भर्खर तयारी पुरा गर्न लाग्नु नेपाल सरकारको ढिला सुस्ती र नागरिकप्रति गैरजिम्मेवारीपना भएको चीनमा रहेका नेपालीका आफन्तहरुले आरोप लगाउन थालेका छन् ।

कामको तयारी हुनु राम्रो हो । तर, काम गर्न थालिसक्नुपर्ने बेलामा भर्खर तयारी पुरा गर्न लाग्नु नेपाल सरकारको ढिला सुस्ती र नागरिकप्रति गैरजिम्मेवारीपना भएको चीनमा रहेका नेपालीका आफन्तहरुले आरोप लगाउन थालेका छन् । यो सन्दर्भमा नेपालीमा चर्चित एक दन्त्य कथा यतिबेला चरितार्थ हुन थालेको भान हुन्छ । 

कथा यस्तो छ, एका देशमा एउटा नदी रहेछ । नदीको छेउमा माझी समूदायको बस्ती रहेछ । एकदिन ठूलो वर्षा भएछ र त्यो वर्षाले नदीमा ठूलो बाढी आएछ । बाढीले बिस्तारै वल्लो तिर र पल्लो छेउका बस्तीहरुमा असर पार्न थालेछ । माझीहरु आफूहरुको बस्ती बाढीले बगाउने भयो भन्दै तत्काल बैठक र छलफल गर्न लागेछन् । छलफलछ निकै बेर चलेछ । छलफल चल्दा चल्दै बाढीले उनीहरुको बस्ती नै सिनित्तै पारेछ । 

यो कथामा भनिए झैँ विश्व नै कोरोना भाइरसको उपचार, सतर्कता र उद्धारमा जुटिरहेको सन्दर्भमा नेपाल भने चीनमा रहेका नेपालीहरुको उद्धारको तयारीमै जुटिरहेको छ । तत्काल काम थालनी गर्दैै परिणाम देखाउन थालिसक्नु पर्ने बेलामा नेपालको ढिला सुस्तीले गर्दा भोलिका दिनमा समस्या झन जटिल बन्दै जाने हो कि भन्नेमा आम नेपालीहरुसमेत चिन्तित बनेका छन् ।

भाइरस संक्रमणको खतरा र त्यसको आतंकका कारण नेपालीहरु लामो समयदेखि आफ्नो कोठामा बन्दी भएर बस्नु परिरहेको र काममा जान नसकेको जस्ता सूचना तथा तथ्यांकहरु बिभिन्न सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका छन् । चीनमा रहेका नेपालीहरुले बेइजिङस्थित चिनीयाँ दुताबासमा राजदूत समक्ष भेट गरी आफ्ना समस्याहरु राखिसकेका छन् र आफुहरुलाई तत्काल नेपाल फर्काउने वातावारण बनाउन आग्रह गरेका छन् ।

यही त्रासका कारण दुखित बनेका नेपाली अभिभावकहरुले राष्ट्रिय मानवअधिकार आयोगमा आइतबार ज्ञापन पत्रसमेत बुझाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले पनि नेपालीहरुलाई तत्काल चीनबाट उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । यदि चीनमा रहेका नेपालीहरुको तत्काल उद्धार गरिएन भने उनीहरुमा थप संक्रमण फैलिने, खाद्य सामाग्रीको अभाव हुन सक्ने जस्ता बिकराल समस्याहरु झन उत्पन्न हुन सक्छ । 

नेपालीहरुको जति सक्दो छिटो उद्धार गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नु नेपाल सरकारको आफ्नो नागरिकहरुप्रतिको प्रमुख कर्तव्य हो । सोही कुरा मनन् गर्दै सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एक उच्चस्तरीय समिति निर्माण गरेको छ । सो समितिका अनुसार चीनबाट १८५ जना नेपाली ल्याउन ६ करोड रकम आवश्यक पर्ने जनाइएको छ । चीनमा रहेका नेपालीको तत्काल उद्धार गरिहाल्नु पर्ने एउटा टड्कारो आवश्यकता छ भने उनीहरुलाई नेपाल ल्याएर दुई हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा सुरक्षित तवरले क्वारेन्टाइनमा राख्नु पर्छ । त्यसका लागि सरकारले उचित बजेटको, जनशक्ति, चिकित्सक, र सुक्षा योजना अपनाएर काम गर्नु सरकारको दायीत्व हो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले चीनमा रहेको नेपालीहरुको उद्धार गर्नका लागि तीनवटा हवाइजहाज तयारी अवस्थामा रहेको बताएका छन् । यता सरकारका प्रवक्ता गोकुल बास्कोटाले पनि चीनमा रहेका नेपालीहरुको चाँडै उद्दार गरिन्छ भन्दै अभिब्यक्ति दिँदै आएका छन् तर चाँडै भनेको कति समय हो त्यसका बारेमा अझै ठोस जानकारी आउन सकेको छैन । 

मानिस जतिसुकै वैज्ञानिक युगमा प्रवेश गर्दै, सुरक्षित बस्तुहरु निर्माण गरिरहेको छ मानिसको बेवास्ता, व्यस्त जीवनशैली र मानवनिर्मित बस्तुहरुकै विकिरण, प्रदुषण र ग्लोवल वार्मिङ, वातावरण तथा प्राकृतिक बिनासका कारण यो धर्तिमा नयाँ नयाँ प्रकोप र रोगहरुको जन्म भइरहेको छ र यसले मानव जातिलाई गिज्याउँदै चुनौती दिइरहेको रहेको छ । यसको रोकथाम तथा पूर्व तयारीका लागि हरेक राष्ट्र बेलैमा सजग र सचेत हुन जरुरी छ । 

यता कोरोना भाइरसकै कारण अमेरिका र चीनबीचको सम्न्धमा चिसोपना आउने त होइन भन्ने प्रश्न चिन्ह पनि खडा गरेको गरेको । अमेरिकाले कोरोनाको मुद्धालाई उछालेर चीनको अर्थतन्त्रमाथि धावा बोल्न थालेको अर्थ विश्लेषकहरुको अनुमान छ । समयबद्ध साप्ताहिकबाट