आइजिपी नियुक्त गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै, को होला त आइजिपी ?

आइजिपी नियुक्त गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै, को होला त आइजिपी ?

नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ।
नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आइजिपी छान्न नसकेपछि आज २ बजे फेरि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजै सकिने भएकोले नयाँ आइजिपी नियुक्तगर्नुपर्ने भएको हो । खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने बाध्यता सरकारलाई छ।

डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय मध्ये एकजना महानिरीक्षक बन्ने छन् ।