प्रणय दिवस, गुलाब र धोका

प्रणय दिवस, गुलाब र धोका

कृष्णबहादुर बुढाथोकी

नेपाली समाजमा हालसालै थपिएको एउटा दिन हो (भेलेन्टाइन डे) अर्थात, प्रणय दिवस । यो दिवस फागुन २ गते (फेब्रुवरी १४) परेको छ । पश्चिमा मुलुकबाट भित्रायाइएको यो दिवस नेपाली युवा युवतीहरुवीच लोकप्रिय छ । प्रणयको खाँटी महत्व नबुझी ह्यापी ‘भेलेन्टाइन डे’ भनेर सतहीमायाको पारख गर्ने चलनले साम्राज्य चलाएको देखिन्छ ।

यसलाई कसैले प्रेम दिवस, कसैले प्रणय दिवस पनि भनेको पाईन्छ । प्रणय र प्रेमको भिन्नता पहिचान नगरी दुवैको एउटै अर्थ लगाउनु महाभुल हुन्छ । “प्रेम ”को अर्थ “कुनै चिज, व्यत्तित्व वस्तुउपर मनमा उत्पन्न हुने अपनत्वको आकर्षण वा अत्यन्त आत्मिक भावना, स्नेह” भनी नेपाली शव्द सागरमा अथ्र्याइएको छ भने “मनमाउ त्पन्न हुने आकर्षण वा आत्मियता”भनी नेपाली शव्दकोशले प्रष्ट पारेको छ । “प्रणय” को अर्थ “मायालु शव्दमा गरिएको विन्तिभाउ, प्रेमपुर्वक गरिएको प्रार्थना, प्रीतिपुर्वकको निवेदन” भनी नेपाली शव्दकोशले अथ्र्याएको छ भने “प्रेमसहितको प्रार्थना, अनुराग, विश्वासपूर्वकको प्रेम”भनी नेपालीशव्द सगरले अर्थ लगाएको छ । यस आधारमा शाव्दिक निरुपण गर्दा प्रणय र प्रेम फरक हुन् र आशय फरक बोकेका छन् भन्न सकिन्छ ।

प्रेम प्रकृतिको उपहार हो । यो सबै प्राणीको साझा सम्बन्धमा पवित्रता बोकेर आएको हुन्छ । मानिसदेखि जीवजनावर तथा कीटपतङ्गकाविचम ाममताको घनिष्ट सम्बन्ध जोडेको हुन्छ । प्रेम आमाबुबा र छोराछोरी, किसान र उसकाप ाल्तुप शुपन्छीविचमा पनि हुन्छ । विश्व ब्रम्हाण्ड प्रेमको सञ्जालले चलेको छ । प्रेमको प्रभाव सर्वव्यापी र सर्वमान्य छ । प्रेमको पर्याय शव्द माया हो । आमाले छोराछोरीलाई, छोराछोरीलेले आमालाई, दाजुभाइले दिदीबहिनीलाई माया वा प्रेम गर्न सक्छन् । यसर्थ प्रेम पवित्र हुन्छ । यसको कुनै साँध, किल्ला हुँदैन ।

गुलाबझैं फुलेको जीवन पनि समयको गतिसँगै ओइलाउँदै जान्छ र विस्तारै ओइलाएको गुलवको आभा फिका भएझैं जीवनको आभा पनि फिका हुन थाल्दछ । अनि प्रणय जीवनमा उदासिनता र खटपट सुरु हुन्छ । सुकोमल गुलाबमा हुने तिखा काँढा भएझैं प्रणय जीवनमा पीडा, वियोग र धोका पनि छ भनेर संकेत गरेको छ । काँढाको ख्याल नगरी गुलाब टिप्न खोज्नेहरु काँढाको चिथोराइमा परे जस्तै जीवनमा प्रणयको अर्थ नबुझि गुलाबमा प्रणय खोज्नेहरु पनि वियोगरुपी काँढामा उनिएर तड्पिनु अनौठो होइन ।

प्रणय सीमाबद्ध हुन्छ । केवल युवा युवती वा प्रणयसुत्रमा आबद्ध जोडीहरुका लागि सुहाउँदो छ । वासनाको रागबाट उत्प्रेरित भई विपरित लिङ्गप्रतिको आकर्षण हुनु प्रणय हो । ‘भेलेन्टाइन डे’ वा प्रणय दिवसको जन्म नैं यसरी भएको देखिन्छ । रोमका सेन्ट भेलेन्टाइन नामक पादरीले इं सं २७० मा लामो समयसम्म युद्धमा सामेल सैनिकको रतिरागको अभावमा विक्षिप्त मनलाई बहलाउन र उत्साह भर्न आफुले रोजेको प्रमिकासँग रातो गुलाबको फुल दिएर प्रणय साट्ने अवसर प्रदान गरेको दिनको सम्झनामा (भेलेन्टाइन डे) पश्चिमा देशमा चलन चल्तीमा आएको पाईन्छ । यसकै निरन्तरतालाई नेपाली युवायुवतीले पनि सापटीका रुपमा नेपालमा मनाउन थालेको देखिन्छ । 

प्रणय दिवसमा प्रेमको प्रतीकका रुपमा रातो गुलाबको फुल दिने चलन छ । गुलाब र प्रणयको तात्विक सम्बन्ध रहेछ । यसलाई मिहिन किसिमले केलाउने हो भने नेपालको परिवेशमा यो अति सत्य रहेछ । गुलाव तरवार जस्ता तिखा काँढाहरुको माझमा फुल्छ । काँढा आफैंमा कठोर, निर्मम र पीडादायी हुन्छ भने तिनै पीडादायी काँढाको विचमा अत्यन्त मुलायम र सुकुमार फुल फुल्छ । फुलहरुमा गुलाब ज्यादै सुन्दर, सुकुमार, चित्ताकर्षक र मुलायम हुन्छ भने यो फुल काँढाहरुको माझमा मुस्कुराउनु पर्छ । यो उसको बाध्यता हो । नचाहेर पनि गुलाबले काँढासँग रमाउनुपर्छ, । सुन्दर र मुलायम हुँदा हुँदै पनि काँढासँग रमाउनु प्रकृतिको नियम हो ।, विधाताको विधान हो । यसलाई प्रणयको सङ्केतका रुपमा समर्पण गर्नु बाहिरी नजरमा सुहाउँदो देखिन्छ तर यसको सत्यता र गहिराई फरक हुनेरहेछ कि प्रणय पवित्र हो । तथापि यो पनि संकटमा पर्न सक्ने सङ्केतका रुपमा लिन सकिन्छ ।

प्रणय र गुलाब समधर्मी भएपनि यसको बोटमा विधाताले काँढा राखिदिएको छ । काँढा दुःखको प्रतीक हो । यही गुलाबलाई प्रणय प्रतीकका लागि दिनु प्रेम पवित्र भएपनि यसमा खोट आउन सक्छ भन्ने सङ्केत गर्नु हो भनी अड्कलन गर्न कठिन छैन । जीवन गुुलाब हो, यो दुःख (काँढा) मापुष्पित फलितहुन्छ । बाहिरबाट हेर्दा खुशी, सुखी र आनन्दित देखिन्छ तर आन्तरिक रुपमा फरक हुन्छ । वसन्तको मनमोहकतामा हाँसेको गुलाबका काँढातिर भन्दा मानिसको ध्यान फुलतिर जान्छन् । फुलको आकर्षणमा मदहोस हुनेहरुले काँडाको घोचाइ पछिमात्र थाह पाउँछ कि फुल मात्र रहेनछ काँढा पनि रहेछ भनेर । प्रेम वा प्रणयमा सबैले सुख र आननद देखेका हुन्छन् । त्यही सुख वा आनन्द पाउनका लागि हतारमा गुलाबको फुलसँगै जीवनरुपी गुलाबको लेनदेन गर्दछन् । गुलाब बिस्तारै ओइलाउँदै गएझैं प्रणय जीवनमा विविध मोडहरु आउँन थाल्छन् । गुलाबझैं फुलेको जीवन पनि समयको गतिसँगै ओइलाउँदै जान्छ र विस्तारै ओइलाएको गुलवको आभा फिका भएझैं जीवनको आभा पनि फिका हुन थाल्दछ । अनि प्रणय जीवनमा उदासिनता र खटपट सुरु हुन्छ । सुकोमल गुलाबमा हुने तिखा काँढा भएझैं प्रणय जीवनमा पीडा, वियोग र धोका पनि छ भनेर संकेत गरेको छ । काँढाको ख्याल नगरी गुलाब टिप्न खोज्नेहरु काँढाको चिथोराइमा परे जस्तै जीवनमा प्रणयको अर्थ नबुझि गुलाबमा प्रणय खोज्नेहरु पनि वियोगरुपी काँढामा उनिएर तड्पिनु अनौठो होइन ।

जसले काँढको प्रतीकलाई पुष्टि गर्दछ । फुल सुन्दरताको प्रतीक हो तापनि काँढा पीडा वा दुःखको प्रतीक हो । प्रणयको डोरीमा कसिने हरुले सुखको मीठो सपना बोकेका हुन्छन् तर गुलाबसँग काँढा भए जस्तो प्रणयसँग वियोग वा पीडारुपी काँढा रहने संभावना अधिक रहेको हुन्छ । जसरी गुलाबको सुन्दरतामा लठ्ठिएर फूल टिप्न खोज्नेहरुले काँढाको शूलको पीडा भोग्छ त्यसरी नै प्रणयलाई सतही रुपमा लिने तथा बाहिरी आवरणमा आशक्ति देखाउनेहरुको जीवनमा बेमेल र वियोगका काँढाहरु रोपिन सक्छन् ।

प्रणय सुखका दुई पाटा छन् । वासनात्मक र भावनात्मक । प्रणय रसीमा कसिनुपुर्व यसको परीक्षण गर्नुपर्छ । वासनाको संसार क्षणिक हुन्छ । मतलब, साध्य भएपछि यसको औचित्य सकिन्छ । हतारमा निर्णय गरी फुर्सदमा पछुताउन भन्दा समयमा विचार गर्नु भलो होला । प्रणय दिवसको बहानामा सुकोमल गुलाबले आकर्षणको आग्रह गर्नेले काँढाको शूल लुकाउन सक्छ । यो शूल नै वासना हो । कसैको रुप, सुन्दरता, शक्ति, सम्पत्तिका निमित्त तथा काम वासनाको परिपूर्तिका खातिर नाना नखरा पारेर आकर्षण गर्ने मतलब साध्य भएपछि “न घरको न घाटको” बनाउने प्रणय वासनात्मक हुन्छ ।जसले काँढको प्रतीकलाई पुष्टि गर्दछ । फुल सुन्दरताको प्रतीक हो तापनि काँढा पीडा वा दुःखको प्रतीक हो । प्रणयको डोरीमा कसिने हरुले सुखको मीठो सपना बोकेका हुन्छन् तर गुलाबसँग काँढा भए जस्तो प्रणयसँग वियोग वा पीडारुपी काँढा रहने संभावना अधिक रहेको हुन्छ । जसरी गुलाबको सुन्दरतामा लठ्ठिएर फूल टिप्न खोज्नेहरुले काँढाको शूलको पीडा भोग्छ त्यसरी नै प्रणयलाई सतही रुपमा लिने तथा बाहिरी आवरणमा आशक्ति देखाउनेहरुको जीवनमा बेमेल र वियोगका काँढाहरु रोपिन सक्छन् । यसकारण प्रणय दिवसलाई वासनाको आवेग र आशक्तिमा आई गुलाब दिनु भन्दा भावनात्मक प्रणयको गुलाब दिन सके काँढाविचमा गुलाब हाँसेझैं जीवनमा दुई आत्माले सुखदुःखलाई सहज मानेर पारिवारिक रथ मूल सडकमा गुडाउन सक्छ ।

भावनात्मक प्रणयको संसारमा केवल गुलाब हाँसेको हुन्छ भने काँढ रोएको हुन्छ । जहाँ वासनात्मक प्रणयको विजारोपण हुन्छ त्यहाँ गुलाब रोएको हुन्छ, काँढा रमाएको हुन्छ । वासनात्मक प्रेम स्वार्थन्ध हुन्छ । आज भइरहेको हत्या, हिंसा, बलात्कार यसकै उपज हुन । रुप, सुन्दरता, पद, प्रतिष्ठा आदिका नाममा गरिने प्रणय सम्बन्धले विशेष नारी अस्मिता संकटमा परेको देखिन्छ । दाइजो, जातपात, खानदान आदिका कारणले पनि पवित्र प्रणयलाई दुषित बानएको घटना हाम्रा सामु चुनौति बनेका छन् । पाश्चात्य खुला समाजको अनुकरणले प्रणय बगैंचामा धोकाको खडेरी लागेको छ । यसले अधिक युवायुवतीमा डिप्रेशन र पागलपनको मात्रा बढाउनुका साथै आत्महत्याको कारण बाकेको छ । समयमै विवेक नपु¥याउने हो भने यसले महामारीको रुप लिन बेर लाग्दैन । प्रणयलाई संस्कार बनाउने हो भने हाम्रा तिपय जटिल संस्कारमा परिमार्जन गर्न तयार हुन जरुरी देखिन्छ । जय प्रेम दिवस । 
खोटाङ, हाल काठमाडौं ।  समयबद्ध साप्ताहिकबाट