प्रहरी महानिरिक्षकमा ठाकुरप्रसाद ज्ञवाली  नियुक्त

प्रहरी महानिरिक्षकमा ठाकुरप्रसाद ज्ञवाली  नियुक्त

काठमाडौं । सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधिको प्रावधान अनुसार ज्ञवालीले अवका ५ महिनाका लागि प्रहरी संगठनको जिम्मा पाएका छन् ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाह दका कारण अवकाश पाउँदैछन् ।आज (मंगलबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका हुन् ।

निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण मंगलबार घर फर्कनु भन्दा केही घण्टा अगाडि मात्र नेपाल प्रहरीले २७ औं आईजीपीको रुपमा ज्ञावलीलाई पाएको हो ।

आज साँझ नै वर्तमान आईजीपी खनाललगाएत ३ एआईजी र १८ डिआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाई गरिने भएको छ ।

प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।