अप्रिलसम्म कोरोनाभाइरसको सराइ समाप्त हुने

 अप्रिलसम्म कोरोनाभाइरसको सराइ समाप्त हुने

काठमाडौ । कोरोनाभाइरसको सराइ  अप्रिलसम्म समाप्त हुने देखिएको छ । चिकित्साकर्मीहरूले गरिरहेको उपचारको प्रभाव र कोरोनाभाइरसको विस्तार हुने क्रमबीचको अध्ययनबाट यो अनुमान गरिएको छ ।

हुबेइ प्रान्तबाट फैलिएको यो महामारीको नयाँ संक्रमित विरामीको घटदो संख्याले यो सर्ने गति अप्रिलसम्म समाप्त हुने चीनका एक वरिष्ठ चिकित्सकले विश्वास व्यक्त गरेका छन् ।
हुबेइमा गत ३१ जनवरी देखि यो जुन गतिमा विस्तार हुँदै गएको थियो त्यो गतिमा कमी आएको छ ।

मंगलबार हुबेइमा मर्नेको संख्या १०६८ पुगेको थियो । फेब्रुअरी ४मा सबै भन्दा ३००० नयाँ संक्रमित फेला परेको थियो  भने ३१ जनवरी यता १३४७सबै भन्दा कम नयाँ संक्रमित रेकर्डभएको छ । चीनमा यो रोगबाट मर्ने  कुल संख्या ११०० नाघेको छ ।

 चीनको विभिन्न प्रान्तमा नयाँ संक्रमितको संख्या घटदो क्रममा रहेको पाइएको छ । यसअघि सार्स सन् २००३मा फैलिँदा त्यसको नियन्त्रणमा भूमिका खेलेका महामारीरोग विज्ञले अप्रिलसम्म यसको सर्ने क्रम समाप्त हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।