रोजगारको केन्द्र दुबईबाट द्रुतगतिमा रोजगार किन हराउँदै गएको छ ?

रोजगारको केन्द्र दुबईबाट द्रुतगतिमा रोजगार किन हराउँदै गएको छ ?

काठमाडौ । मध्यपूर्वको व्यापारिक केन्द्रको रूपमा रहेको दुबईमा व्यावसायिक बृद्धि भइरहेसँगै रोजगार द्रुतगतिमा हराउँदै गएको देखिएको छ । कम्तीमा एक दशक यता दुबईमा द्रुतगतिमा रोजगार हराउँदै गएको देखिएको छ ।

कम्तीमा चार वर्षयता दुबईको गैर तेल क्षेत्रको निजी क्षेत्रको सञ्चालन अवस्था जनवरी गरी लगात तेस्रो महिना खराब रहेको देखिएको आइएचएस मार्किटले जनाएको छ । दुबईको खरिद प्रवन्धक सूचक ५०.६ले तल झरेको छ । यसले बृद्धि खुम्चिएको देखाएको छ । थोक र खुद्रा बिक्रीमा गिरावट आएको मार्किटले जनाएको छ ।

मार्किटका एक अर्थशास्त्री डेभिड ओइनले दुबइको रोजगार  उल्लेखनीय रूपमा प्रभावित भएको र १० वर्ष यता द्रुतगतिमा रोजगारको संख्यामा कमी आएको बताए । उनले निकट भविष्यमा बिक्री केही मात्र बढने देखिएको छ । 

दुबईको सबैभन्दा ठूलो बैंक इमिरेट्स एनबीडीले हजारौं रोजगार कटौती गरेको छ । संयुक्त अरब इमिरेट्स समग्रमा दुबई एक भाग रहेको छ । समग्र इमिरेट्समा गत महिनामा व्यवसायको अवस्था पहिलो पटक यति खुम्चिएको देखिएको हो ।

क्षेत्रीय भूराजनीतिक तनावका कारण दुबईको पर्यटन र यात्रा उद्योग जनवरीमा हलुका सुधार देखिएको मार्किटले जनाएको छ । यसमा थप प्रभाव चीनको कोरोनाभाइरसले पारेको प्रभाव पनि रहेकोछ ।

सन् २०२०मा आयोजना हुने भनिएको द वल्र्ड एक्सपो पनि प्रभावित हुने देखिएको छ जसलाई दुबईलाई फर्काउन गाह्रो छ ।  इमिरेट्सको यो वर्षको खर्च १७ प्रतिशतले बढेर जाने देखिएको छ भने अर्थतन्त्र विस्तार ३.२ प्रतिशतले हुने अपेक्षा गरिएको छ ।

दुबईको रोजगार बजारलाई माथि उकास्न अझ केही समय लाग्ने मध्यपूर्व तथा उत्तर अफ्रिकासम्बन्धी इमिरेट्स एनबीडीका अनुसन्धान प्रमुख खतिजा हकले जनाएकी छिन् ।