नेपालद्वारा अमेरिका ८ विकेटले पराजित 

नेपालद्वारा अमेरिका ८ विकेटले पराजित 

काठमाडौं, २९ माघ । त्रिकोणात्मक सिरिज अन्तगर्त अन्तिम एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गरेको हो । 

लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारीले अमेरिकाको ब्याटिङ ध्वस्त पारे । सन्दीपले ६ र सुसानले ४ विकेट लिए। जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थिए। ओमानले भने सिरिजको चारवटै खेल जितेको छ।