बाबुराम भट्टराईको जनसम्वाद यात्रा प्रभावहीन
माघ १५ देखि इलामको चिवा भञ्ज्याङबाट प्रारम्भ भएको नयाँ शक्तिको जनसम्वाद यात्रा बैतडीको दशरथ नगरपालिकाको गोठालापानी बजारमा समापन भएको छ ।
समापन कार्यक्रममा ५० जना जतिको उपस्थिति रहेको थियो ।
जुन उत्साह र उद्देश्यका साथ डा. बाबुराम भट्टराईके नेतृत्वमा यो कार्यक्रम प्रारम्भ भएको थियो ,समापनमा त्यही स्तरमा निराशामा बदलियो ।
बाबुराम भट्टराई सहितको अभियान टोलीमा १५ जना थिए ।
उनको यो अभियानमा खासै जनसहभागिता थिएन, कमिटीको फर्मेशन पनि खासै भएन । बरु यो अभियानकै बीचमा रसुवामा परुदेश सांसद प्रेम तामाङसहितको टोली नेपाली कांग्रेसमा समाहित भइसकेको छ । सांसद पदका कारण कानुनी रुपमा अड्केको छ ।
प्रतिक्रिया