सबै भाइरस जित्ने ‘युनिभर्सल भ्याक्सिन’ बनाउँदै वैज्ञानिक

सबै भाइरस जित्ने ‘युनिभर्सल भ्याक्सिन’ बनाउँदै वैज्ञानिक

काठमाडौ । अमेरिकाको मासाचुसेट्स जेनरल हस्पिटलका अनुसन्धानकर्ताहरूले सबै भाइरसलाई जित्न सक्ने ‘युनिभर्सल भ्याक्सिन’बारे जानकारी सार्वजनिक गरेका छन् ।चीनमा फैलिएको कोरोनाभाइरसका बेला यो खोप अनुसन्धान बारे जानकारी सार्वजनिक भएको  हो ।

वैज्ञानिकहरूले यो खोप मानवीयताका लागि एक ‘गेम चेन्जिङ’ खोज हुन सक्ने विश्वास व्यक्त गरेका छन् । यसले मानव शरीरलाई अधिकांश भाइरसबाट सुरक्षित बनाउने उनीहरूको भनाइ छ । यो अध्ययनका प्रमुख  केट जेफरीले भने “ हाम्रो शरीरको प्रतिरोधी प्रणालीले भाइरस विरूद्धको  उपचार गर्न कसरी प्रक्रियागतरूपमा काम गर्छ त्यसको बुझाइ प्राप्त गर्ने उद्देश्य हो ।”

अधिकांश  भाइरसहरूको खतरनाक बिन्दु भनिएको ‘अचिलिज हील’भनेको एजीओफोर नाम गरेको साधारण प्रोटिन हो । स्तनधारीहरूको कोषमा यसले अद्वितीय प्रकारको भाइरस विरोधी असर गरेको दर्शाउँछ ।

अनुसन्धानकर्ताहरूले एजीओफोर नामको त्यो प्रोटिनको कमी भएका कोषहरूले रुघाखोकी ल्याउने इन्फलुएन्जा भाइरसले गर्ने उच्चसंवेदनात्मक स्थिति ल्याउने गरेको अवस्था फेला परेका छन् ।

यस्तो अवस्थामा हाम्रो शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीले एजीओफोरसँग कसरी शरीरलाई बलियो पार्छ भन्ने थाहापाएमा  भाइरसलाई मानिसमा संक्रमण गर्न कुनै अवसर दिन नसक्ने अवस्था ल्याउन सकिने उनीहरूले बताए ।

अर्को पाइलो भनेको यो प्रोटिनले हरेक भाइरससँग गर्ने व्यापक गतिविधिको जानकारी प्राप्त गर्नु रहेको छ । त्यसपछि एजीओफोरले भाइरसबाट हुने संक्रमण रोक्न सकिने विधि प्राप्त हुनेछ ।

अहिलेसम्म प्राप्त भएको अध्ययनबाट यस्ता अध्ययन गर्न उत्साही बनाएको र विश्वका सर्वाधिक प्राणघाती भाइरस विरूद्धको उपचारको रूपमा युनिभर्सल भ्याक्सिन बनाउन सकिने विश्वास अनुसन्धानकर्ताहरूको रहेको छ ।