आआफ्नै किसिमले जनयुद्धको पच्चीसौं वार्षिकोत्सव मनाउदै कम्युनिस्ट पार्टीहरू

आआफ्नै किसिमले जनयुद्धको पच्चीसौं वार्षिकोत्सव मनाउदै कम्युनिस्ट पार्टीहरू

काठमाडौ ।सत्ताधारी र सत्ताबाहिर बसेका कम्युनिस्ट पार्टीहरूले माओवादी जनयुद्धको पच्चीसौं वार्षिकोत्सव विभिन्न किसिमले फागुन १ गतेलाई मनाइरहेका छन् । सत्ताधारी नेकपाले राजधानीमा धुम्बाराही पार्टी कार्यालयलगायत देशभर कार्यक्रम गरीा मनाइरहेको जनाएको छ ।

त्यसैगरी तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ गते सुरु गरिएको महान जनयुद्ध पच्चीसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पार्टी मातहतका सबै निकायमा कार्यक्रम गर्न क्रान्तिकारी माओवादीले निर्देश गरेको जनाएको छ ।

क्रान्तिकारी माओवादीले  “ आजको ठीक चौविस वर्ष अघि उद्घोष गरिएको महान जनयुद्ध छोटै अवधिमा देशका विभिन्न भागहरुमा आधार इलाका तथा जनसरकारहरुको गठन गर्दै सशक्त रुपमा विकसित भएको थियो ।”

माओवादी जनयुद्धबाट संविधान सभासम्म साथ रहेका विभिन्न नेताहरूको नेतृत्वमा विभिन्न कम्युनिस्ट पार्टीहरू नेपालमा सक्रिय रहेका छन् ।

माओवादीको बलियो समूह तत्कालीन एमालेसँग एकीकरण गरी निर्माण भएको नेकपा सत्तामा बसेको छ भने त्यसपछिका दुई प्रमुख समूह मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेका समूहलगायतका समूहहरू संवैधानिक घेराबाट बाहिर रहेका छन् । उनीहरूले यो संविधानको निर्वाचन प्रक्रियालाई विरोध गरी बसेका छन् ।