हुवावेइले ट्रेड सिक्रेट चोरेको नयाँ मुद्दा अमेरिकाद्वारा दायर

हुवावेइले ट्रेड सिक्रेट चोरेको नयाँ मुद्दा अमेरिकाद्वारा दायर

काठमाडौ । अमेरिकाको न्याय विभागले चीनको ठूलो कम्पनी हुवावेइ विरूद्ध अमेरिकी प्रविधि चोरेको नया अभियोग पत्र दर्ता  गरेको छ । 

यो अभियोग पत्र अमेरिकाको संघीय अदालत न्यूयोर्कको बु्रकलिनमा दर्ता गरिएको छ । ६ अमेरिकी कम्पनीहरूको गुप्त व्यापार दस्तावेज( ट्रेड सिक्रेट्स) चोरेको अभियोग हुवावेइमाथि लगाइएको छ । 

यस्ता कम्पनीमा राउटर सोर्स कोड, सेलुलर एन्टेना र रोबोट बनाउने प्रविधिहरू रहेको जनाइएको छ । अमेरिकाको न्याय विभागले कम्पनीको दशकौंको लामो व्यवहारको क्रममा अमेरिकी टेक्नलजि चोर्ने र ठगी गर्ने काम भएको जनाएको छ ।

हुवावेइको कारोबार समाप्त पार्न अमेरिकाले आफ्ना सहयोगी देशलाई उसको फाइभ जी टेक्नलजि उपयोग गर्न दबाब दिँदा दिँदै पनि कतिपयले हुवावेइको फाइभ जी उपयोग गर्ने गरी सम्झौता गरिसकेको अवस्थामा अमेरिकाले यो नयाँ अभियोग पत्र दर्ता गरेको हो ।