अमेजनको मुद्दामा ट्रम्पलाई धक्का

अमेजनको मुद्दामा ट्रम्पलाई धक्का

काठमाडौ । अमेरिकी सरकारले सेनाका लागि १० अर्ब अमेरिकी डलर बराबरको क्लाउड प्रविधिको ठेक्का माइक्रोसफ्ट कम्पनीलाई दिइएको विषयमा दायर मुद्दामा संघीय अदालतका एक न्यायाधीशले तत्काल त्यसमा रोक आदेश जारी गरेको छ ।

अमेरिकी सेनाको क्लाउड प्रविधिका लागि भएको ठेक्का प्रक्रियामा अमेजन पनि रहेको थियो । त्यो ठेक्का अमेजनले पाउनुपर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत दबाबमा त्यो ठेक्का माइक्रोसफ्टलाई दिइएको आरोप अमजेनका मालिक जेफ बिजोसको रहेको छ ।

 अमेजनले यो ठेक्का विरूद्ध गत नोभेम्बरमा मुद्दा दायर गरेको थियो । अमेजनले सोही मुद्दामा यो ठेक्काको काम नबढाउन रोक्न माग गरेको थियो । अमेजनको माग अनुरूप अदालतले तत्काल यो ठेक्का अनुरूप काम नबढाउन आदेश दिएको हो ।