इजिप्टमा कोरोनाभाइरस पुष्टि भएपछि बेइजिङ फर्किनेलाई १४ दिन क्वारन्टाइनमा बस्नु पर्ने आदेश

 इजिप्टमा कोरोनाभाइरस पुष्टि भएपछि बेइजिङ फर्किनेलाई १४ दिन क्वारन्टाइनमा बस्नु पर्ने आदेश

काठमाडौ । चीनले राजधानी बेइजिङ फर्किनेलाई १४ दिन कवारन्टाइनमा बस्नु पर्ने आदेश जारी गरेको छ । नयाँ कोरोनाभाइरसलाई एक्ल्याउनका लागि यो आदेश जारी गरी गरिएको हो ।  यो आदेश उल्लंघन गर्नेलाई कठोर सजायको सामना गर्नुपर्ने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

विदामा गएका चिनियाँहरू बेइजिङ फर्किदा आफै क्वारन्टाइन जान्ु भनिएको छ । अफ्रिकामा पहिलो कोरोनाभाइरसको घटना इजिप्टमा पुष्टि भएपछि चीनले यो मापदण्ड जारी गरेको हो । चीनको उहानमा १३०० बढी मानिसको ज्यान गइसकेो छ ।

चन्द्र नयाँ वर्षको अवसरमा विदा मनाउन गएका बासिन्दा फर्किदालाई १४ दिने क्वारन्टाइनमा बस्नु पर्ने आदेश  जारी गरिएको हो ।  यो विदा कोरोनाभाइरस फैलिएपछि विस्तार गरिएको थियो ।

बेइजिङमा २ करोड भन्दा बढी मानिसको बसोबास छ । चीनमा अहिलेसम्म ६३ हजार भन्दा बढी मानिस संक्रमति रहेको पुष्टि भइसकेको छ । चीनको मुख्यभूमि बाहिर २४ देशमा ५०० भन्दा संक्रमित र तीन जनाको मृत्यु भइसकेको छ । हङकङ, फिलिपिन्स र जापानमा गरी एक एक जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार अफ्रिकामा कोरोनाभाइरसको पहिलो केसको पुष्टि इजिप्टको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि चीनले बेइजिङ फर्किने हरेक व्यक्तिलाई १४ दिने क्वारन्टाइनमा जानु पर्ने आदेश जारी गरेको हो ।

अफ्रिकामा विदेशीमा त्यो भाइरस फेला परेको हो तर त्यसको नागरिकता खुलाइएको छैन् ।  इजिप्टले यसको जानकारी विश्व स्वास्थ्य संगठनमा जानकारी दिइएको र रोगीलाई एक्ल्याइ उपचार गरिएको  जनाएको छ ।