चीनद्वारा उत्पादन पुरानै अवस्थामा फर्काउन कम्पनीहरूलाई सहयोग गर्ने घोषणा

चीनद्वारा उत्पादन पुरानै अवस्थामा फर्काउन कम्पनीहरूलाई सहयोग गर्ने घोषणा

काठमाडौ । सक्दो छिट्टो उत्पादन बढाउन कम्पनीहरूलाई चीनले सहयोग गर्ने घोषणा गरेको छ । चीनको केन्द्रीय बैंकका उपगर्भनरले शनिबार यस्तो घोषणा गरेका हुन् ।

विश्वको दोस्रो ठूलो चिनियाँ अर्थतन्त्र द्रुतगतिमा फैलिएको कोरोनाभाइरस महामारीबाट प्रभावित भएपछि त्यहाँको उत्पादनस्तर पुरानै अवस्थामा फर्काउन चीनको बैकिङ तथा बीमा नियामक आयोगका उपाध्यक्ष  लियाङ ताओले एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

चीनले महत्वपूर्ण लगानी परियोजनालाई सापटी ऋण उपलब्ध गराउने कामलाई द्रुतगतिमा बढाउने उनले जनाए । साथै कोरोनाभाइरसबाट प्रभावित भएका साना तथा निजी कम्पनीहरूलाई चीनले सहयोग गर्ने उनले बताए ।

यसैगरी छुट्टै एक कार्यक्रममा  विदेशी मुद्रा नियामक निकायका उपप्रमुख सुआन चाङनेङले चालु खाता बचत र अन्तर्राष्ट्रिय भुक्तानीलाई आधारभूतरूपमा सन्तुलनमा ल्याउन चीनले सहयोग गर्ने बताए ।