अमेरिका चीन द्वन्द्वले दश वर्षयता गत वर्ष विश्वको रक्षा खर्च  सर्वाधिक बढयो 

अमेरिका चीन द्वन्द्वले दश वर्षयता गत वर्ष विश्वको रक्षा खर्च  सर्वाधिक बढयो 

काठमाडौ । अमेरिका र चीनबीचको द्वन्द्वले सन् २०१९मा दश वर्षयता विश्वको रक्षा खर्च सबै भन्दा बढी बढेको देखिएको छ ।  यस विषयमा अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान( आइआइएसएस)ले सार्वजनिक गरेको अध्ययनले जनाएको छ ।

गत वर्ष रक्षा खर्च ४ प्रतिशतले बढेको र यो प्रमुख शक्तिशाली देशहरूबीचको प्रतिस्पर्धाले बढेको जनाइएको छ । युक्रेन देखि लिबियासम्मका देशमा सैनिक प्रविधिमा यो खर्च बढेर गएको देखिएको हो ।

बेइजिङको सैन्य आधुनिकीकरण कार्यक्रममा नयाँ हाइपरसोनिक मिसाइल पत्ता लगाउने प्रविधिसमेत गरी अघि बढाइएको कार्यक्रमले अमेरिकालाई रक्षा खर्च बढाउन लगाएको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले सन् २०१८देखि २०१९मा वार्षिक ५३.४ अर्ब अमेरिकी डलर बराबरको खर्च बढाएको छ । अमेरिका र चीन दुबैले आ–आफ्ना रक्षा खर्च ६.६ प्रतिशतले बढाएको छ । अमेरिकाको रक्षा खर्च ६८४.६ अर्ब अमेरिकी डलर र चीनको १८१.१ अर्ब रक्षा खर्च रहेको उल्लेख छ ।

रूसले गर्दा युरोपको रक्षा खर्च ४.२ प्रतिशतले बढयो ।  गत वर्ष शीतयुद्ध कालीन इन्टरमिडयट रेन्ज न्यूक्लियर फोर्सेज नामक हातियार बनाउने सन्धी समाप्त भएको थियो । अर्को न्यु स्टार्ट नामक हतियार घटाउने सन्धी सन् २०२१मा समाप्त हुन लागेको छ ।

सरोकारबाला देशहरूले यस्ता सन्धी नवीकरण नगर्ने मनसाय देखाएपछि रक्षा खर्च बढेको देखिएको आइआइएसएसको प्रतिवेदनमा उल्लेख छ । यसैगरी एसियामा रक्षा खर्च एक दशकमा ५० प्रतिशतले बढेको छ । सन् २०१०मा २७५ अर्ब अमेरिकी डलर थियो भने २०१९मा यो खर्च ४२३ अर्ब अमेरिकी डलर पुगेको छ ।