के हो अर्गानिक खाना ?

के हो अर्गानिक खाना ?


अहिले शहर बजारमा खुब चल्तीको शव्द बनेको छ अर्गानिक खाना । दाउराको आगोमा पकाएको खाना अर्गानिक हो भन्ने एकाथरिको भनाइ छ भने अर्काथरि दाउरामा पकाउँदैमा खानेकुरा अर्गानिक नहुने तर्क गर्छन् । वास्तवमा कुनै पनि खनिज पदार्थ उब्जाउनका लागि कस्तो बिधि प्रयोग गरियो, युरिया मलको प्रयोग गरियो कि प्राकृतिक तथा प्राङगारिक मल प्रयोग गरियो ? त्यसलाई भण्डारण र बजारीकरण कसरी गरियो ? त्यसको ठूलो महत्व रहन्छ । त्यही बिधिका आधारमा कुनै पनि खाने कुरा अर्गानिक हो कि होइन भनी छुट्याउने गरिन्छ । 

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए । दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन् । त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो । आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन् ।

दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन् । अनावश्यक र उपयोगी नहुने जीवलाई मार्नका लागि प्रयोग हुने कीटनाशक, स्टेरोइड, हर्मोन, एन्टिबायोटिक र हर्बिसाइडहरू हामीले खाने खानामा पनि रहने गरेका छन् । यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन् । यस्तै कारणले पनि वर्तमान समयमा अर्गानिक खानेकुराहरू पुनः सान्दर्भिक हुँदै गइरहेका छन् ।

अर्गानिकमा के हुन्छ ?
अर्गानिक हुनका लागि अर्गानिक बालीले संयुक्त राष्ट्रसंघको कृषि विभागले कायम गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ । यी मापदण्डमा सबै बालीहरू सिन्थेटिक कीटनाशक, कृत्रिम मल, विकिरण र बायोटेक्नोलोजीको प्रयोग नगरी उत्पादन गरिएको हुनुपर्छ भन्ने उल्लेख गरेको छ ।
अर्कोतर्फ, एन्टिबायोटिक वा सिन्थेटिक वृद्धि हर्मोनको प्रयोग नगरी जनावर हुर्काइएमा पशुजन्य उत्पादनहरू अर्गानिक मानिन्छन् । यी पशुहरू बन्द ठाउँमा नभई बाहिरी खुला स्थानमा चराइएको हुनुपर्छ ।

उत्तम अर्गानिक फलफूलहरू
केही स्वास्थ्य विशेषज्ञहरूले अर्गानिक तरिकाले उब्जाइएका अन्न र पशुहरू रसायन भएका बाली वा मासुभन्दा राम्रो उत्पादन हुने विश्वास गर्छन् । केही खानेकुराहरू अर्गानिक रूपमा किन्नु पर्दैन तर अरूका लागि भने तपाईंले अर्गानिक चिह्न लागेको खोज्नुपर्छ । यी उत्पादनहरूमा उच्च मात्रामा कीटनाशक विषादीको प्रयोग गरिएको हुन्छः स्याउ, अंगुर, स्टबेरी, आरु, साग, चेरी, टमाटरहरू, आलु, आयातित केराउहरू, काँक्रो,  गुलियो र पीरो मरिचहरू ।
यी उत्पादनहरूमा उच्च मात्रामा रसायन हुने भएकाले तपाईंले अर्गानिक हिसावले उत्पादन गरिएका बालीहरू किन्नुपर्छ । अर्कोतर्फ, यी फलफूल र तरकारीमा निकै कम मात्रामा कीटनाशक विषादी र रसायन हुन्छन् । प्याज, भुइँकटहर, अन्न, एभोकाडो, आँप, किवी, बन्दा, मेवा, केरा, काउली, ब्रोकाउली, खरबुजा ।

न्यून मात्रामा कीटनाशक विषादी रहेका फलफूल र तरकारीको विशेषता भनेको तिनीहरूको बोक्रा छुटाउन सकिन्छ । उत्पादन गरिएका यस्ता कुराहरूमा रसायनहरू भित्रैसम्म नजाने भएकाले तपाईंले राम्रो भाग पाउनका लागि फलफूल र तरकारीको बोक्रा निकाल्न सक्नुहुन्छ । राम्रो भाग रसायनसँग अलिकति पनि मिसिएको हुँदैन ।
न्यून मात्रामा रसायन

बालीहरूमा रसायनको प्रयोग नभएकोले उत्पादनहरू अर्गानिक हुन्छन् र मासुमा रसायन मिसिएको हुँदैन । अध्ययनहरूले बालीमा प्रयोग भएका रसायनहरूले मेटाबोलिक समस्या, हर्मोनल समस्या र क्यान्सरजस्ता विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन् ।
राम्रो गुणस्तर

अर्र्गािनक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुहरू पोषिलो हुने मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तरका पनि हुन्छन् । विभिन्न खाले हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन् । यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ । यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल र तरकारीमा पनि लागू हुन्छ ।
वातावरणमैत्री

अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुन्छन् किनभने ती खानेकुरा उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन । कीटनाशक विषादी, हर्बिसाइड्स, र हर्मोनहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई दूषित बनाउन सक्छन् ।