मैंले नै ललिता निवासको जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजियो : प्रम ओली 

मैंले नै ललिता निवासको जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजियो : प्रम ओली 

काठमाण्डौ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरको ललिता निवासको जग्गामा आफूलाई बिनाकारण आरोप लगाइएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले ललिता निवासको जग्गामा अनियमितता भएको थाहा पाएपछि आफूले नै छानबिन समिति बनाएको तर आफूले नै जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजिएको गुनासो गरेका हुन् ।

‘ललिता निवास पनि बालुवाटारमै छ, मेरो निवास पनि त्यैँ छ, त्यसैले बालुवाटारको जग्गा भन्नेबित्तिकै मलाई नै सम्झने रहेछन्, मलाई आरोप लगाउने रहेछन्’, ओलीले भने ।
उनले ललिता निवास प्रकरणमा मुद्दा चलेकोमा रोइकराइ गर्नुपर्ने जरुरी नरहेको पनि बताए ।

ललितानिवास जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले आफ्नो नाममा रहेको सार्वजनिक जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकै भरमा उन्मुक्ति दिएको र मन्त्री र सचिवलाई मुद्दा चलाउँदा प्रधानमन्त्री र मुख्य सचिवलाई मुद्दा नचलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना भैरहेको छ ।