सूर्य थापालाई सुदन किरातीको प्रश्नः जनयुद्धको स्वामित्व नलिने, बालुवाटारमा बसेर हुँकार छोड्ने ?
काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताएका छन् । जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि उनले थापालाई चुनौती दिए ।
जनयुद्ध दिवसका (फागुन १ गते) का दिन एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएकोमा किरातीले ‘जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाउँदै शोषणका निम्ति पार्टी एकता गरेको हो ?’ भनि प्रश्नसमेत गरे।
शनिबार विहान राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा किरातीले थापाको भनाईप्रति संकेत गर्दै भने , ‘यो त अति भयो, त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?
प्रतिक्रिया