टेक्नलजि पेटेन्टमा अमेरिका भन्दा चीन बढी
काठमाडौ । चिनियाँ कम्पनीहरूले अमेरिकी प्रतिस्पर्धीहरूलाई टेक्नलजि क्षेत्रको विशेषाधिकार पेटेन्ट पाउने दौडमा पछाडि पारेका छन् । कृत्रिम बौद्धिकता र ब्लक चेन जस्तो टेक्नलजिको क्षेत्र समेत गरी १० वर्गीकरणका पेटेन्टहरू मध्ये९ चिनियाँ कम्पनीहरूले पाएको हालै निक्कीको अध्ययनले जनाएको छ ।
कुल अप्लिकेशनको ४९ प्रतिशतमा चीन सन् २०१७मा अगुगा बनेर आएको थियो ।एआई र ब्लक चेनका अतिरिक्त चीनले ड्रोन,साइबर सेक्युरिटी, भर्चुअल रियाल्टिी, अटोनोमोस ड्राइभिंग, लिथिम आयन ब्याट्री र रिजेनरेटि मेडिसिनका अप्लिकेसन पेटेन्ट प्राप्त गरेको छ ।
अमेरिकालाई बराबर गर्न अझ चीनले क्वान्टम कम्प्युटिंगमा प्रयास गरिरहेको छ । क्वान्टममा चीनले पछयाइरहेको भएपनि चीनले सन् २०००देखि२०१७सम्म प्राप्त गरेको पेटेन्टको आधारमा यो अध्ययन गरिएको र चीन अगाडि देखिएको हो । चीनले क्वान्टम अनुसन्धानको मेगाप्रोजेक्टबाट सन् २०३०सम्म महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सक्ने देखिएको छ ।
चीनका चार टेक्नलजि कम्पनीमा बाथ बाइडु, अलिबाबा ग्रुप, टेन्सेन्ट र हुवावेइ रहेका छन् । अमेरिकाले हुवावेइलाई समाप्त पार्न भरमग्दुर प्रयास गरिरहेको छ । हुवावेइलाई अमेरिकामा प्रतिबन्ध गरी आफ्नो सहयोगी देशलाई उपयोगमा नल्याउन दबाब दिइरहेको छ । अमेरिकाले हुवावेइ माथि जासुसी गरेको आरोप लगाएको छ ,
अमेरिकी कम्पनी गुणस्तरका आधरमा अझ वर्चस्व कायम गरेका छन् । १०० नवपर्वतक कम्पनीहरू मध्ये सबै वर्गीकरणका शीर्ष १०मा अमेरिकी कम्पनी छन् । १००मा ६४ अमेरिकी कम्पनी रहेका छन् भने एक चिनियाँ कम्पनी रहेका छन् ।
तर आगामी दशकमा स्थिति परिवर्तन हुने देखएिको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले विज्ञान तथा प्रविधिको बजेट सन्् २०१७मा ४६० अर्ब अमेरिकी डलर बराबरको घोषणा गरेको थियो ।चीनले यसमा बजेट बढाउँदै जाने हो भने छिट्टै अमेरिकालाई विस्थापित गर्ने छ । अमेरिकाले यो क्षेत्रमा २०१७मा ५०० अर्ब अमेरिकी डलर बराबरको लगानी लगाएको सो अध्ययनले देखाएको छ ।
प्रतिक्रिया