बग्दादस्थित अमेरिकी सैनिक शिविरमा रकेट आक्रमण 

बग्दादस्थित अमेरिकी सैनिक शिविरमा रकेट आक्रमण 

काठमाडौ । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास नजिक रहेको अमेरिकी गठबन्धनको सैनिक शिविरमाथि आक्रमण भएको छ ।

ग्रीन जोनका केही ठाउँमा बिस्फोटनका आवाजहरू सुनिएको छ । अमेरिकी सैनिक स्रोतलाई उल्लेख गरी रोयटर्सले अमेरिकी दूतावास बाहिर बिस्फोटन भएको जनाएको छ ।

तत्काल यो आक्रमणबाट क्षतिको कुनै खबर सार्वजनिक गरिएको छ्रन् ।कम्तीमा चार बिस्फोटन भएको र रकेट अलार्म सक्रिय भएको जनाइएको छ ।

वासिंटन पोस्टका बग्दादस्थित रिपोर्टर मस्तफा सलिमले साइरन बजेको र जेट आकाशमा उडिरहेको ट्विट गरेका छन् । अनलाइनमा धेरै भिडियो सार्वजनिक भएका छन् ।