‘भीरबाट लड्न लागेको गोरूलाई राम राम’– चीन विरूद्धको अमेरिकी नीति

 ‘भीरबाट लड्न लागेको गोरूलाई राम राम’– चीन विरूद्धको अमेरिकी नीति

काठमाडौ । अमेरिकाले चीन विरूद्ध भीरबाट लड्न लागेको गोरूलाई राम राम भन्ने नीति अपनाएको देखिएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले एक पछि अर्को गरी पछि पार्दै शीर्षस्थानमा उक्लिन खोजिरहेका बेला अर्थतन्त्रको भीरबाट कोरोनाभाइरस महामारीबाट  लड्न लागेको देखिएका बेला अमेरिकाले एक पछि अर्को धक्का दिन थालेको देखिएको छ ।

चीनको ठूलो कम्पनी हुवावेइलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाएयता केही दिन अघि मात्रै उसको विरूद्ध टेक्नलजि चोरेको अभियोगा पत्र दर्ता गराएको थियो ।

कोरोनाभाइरसको समस्यालाई जुधेर चिनियाँ अर्थतन्त्र फेरि जुर्मुराएर उठने अठोट चिनियाँ जनता समक्ष राष्ट्रपति सी चिनफिङले गरी रहँदा अमेरिकाले चीनलाई नागरिक उड्डयनको बजारमा सम्भावित प्रवेशलाई अझ अनिश्चित बनाउने योजना बनाएको देखिएको छ ।

अमेरिकी सरकारले जेनरल इलेक्ट्रिक कम्पनीलाई चीनको नयाँ यात्रुवाहक जेट विमानका लागि विमान इन्जिनको आपूर्ति नगर्न दबाब बढाएको छ । यो मामिलासम्बन्धी निकट स्रोतको हवाला दिँदै रोयटर्सले यस्तो समाचार सार्वजनिक गरेको छ ।

यसले यी दुई ठूला अर्थतन्त्रबीचको नयाँ व्यापार युद्ध शुरू भएको संकेत देखा परेको छ । हनिवेल इन्टरनेशनल इंकले बनाएको उडान नियन्त्रण प्रणाली जस्ता विमानका लागि चाहिने उपकरण चिनियाँ व्यावसायिक उडान कम्पनीलाई नबेच्ने गरी दिएको दबावबाट कतिपयले अमेरिकाले चीनलाई लड्न लागेको गोरू बुझेर व्यवहार गर्न लागेको भन्न थालेका छन् ।

अमेरिकी टेक्नलजि चीनलाई आपूर्ति घटाउँदै जाने विषयमा गएको विहीबार बैठक बसेको थियो । अर्को बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतको उपस्थितिमा फेब्रुअरी २८का दिन क्याबिनेटको बैठक बस्ने भएको छ ।

यस विषयमा जानकारी प्राप्त गर्न खोज्दा अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस , यस्ता उपकरणको निर्यात गर्न पाउने इजाजत दिने निकाय अमेरिकाको वाणिज्य विभाग र जेनरल इलेक्ट्रिकलका प्रवक्ता मध्ये कोहीले जानकारी दिन नचाहेको रोयटर्सले जनाएको छ । वर्षौदेखि अमेरिकी कम्पनीहरूले चिनियाँ कम्पनीसँग नागरिक उड्डयन उद्योगसम्बन्धी कारोबार गर्दै आएका छन् ।
अमेरिकी सरकारले ती कम्पनीलाई इन्जिन, उडान नियन्त्रण प्रणाली र अन्य उपकरण चीनको पहिलो ठूलो व्यापारिक उडानसेवा कम्पनीलाई वेच्न पाउने इजाजत पत्र दिएको छ ।सीओएमएसीसी९१९ विमान कम्पनीको न्यारोबडी जेट परीक्षण उडान भर्ने अवस्थामा पुगिसकेको पनि छ । यसले अर्को वर्षदेखि सेवा दिने अपेक्षा गरिएको छ ।

तर यो चिनियाँ कम्पनीलाई हवाई सेवाको बजारमा प्रवेश गर्न नदिने योजनाका साथ अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले जेनरल इलेक्ट्रिकललाई इन्जिन नदिन दबाव दिइरहेको छ । जेनरल इलेक्ट्रिकलले लिप इन्जिन बिक्री गर्न पाउने इजाजत सन् २०१४मा पाएको थियो अन्तिम गारन्टी मार्च २०१९मा पाएको थियो ।

सीएफएमलिप इन्जिन जीइ र फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिनको संयुक्त लगानीमा  निर्माण भएको हो । यो अमेरिकी दबाबबारे सफ्रानले पनि प्रतिक्रिया दिन मानेको छैन् ।

अमेरिकाले यस्तो बाटो अपनाए चीनले अमेरिकी विमान कम्पनीबाट विमान खरिद गर्ने अर्डर फिर्ता गर्ने बाटो अपनाउन सक्ने देखिएको छ । अमेरिकी विमान कम्पनीको बिक्रीको ठूलो हिस्सा चिनियाँ मागमा आधारित रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा हुने सो बैठकमा हुवावेइको विषयमा पनि निर्णय हुन सक्ने देखिएको छ ।
 ।