प्रेमिकाको पतिको हत्या गरी आजीवन कारावास गएका प्रेमी डाक्टर बने 

प्रेमिकाको पतिको हत्या गरी आजीवन कारावास गएका प्रेमी डाक्टर बने 

काठमाडौ । प्रेमिकाको पतिको हत्या गरी आजीवन कारावासमा जेल गएको एक मेडिकल विद्यार्थीले जेलबाट डाक्टर बनी फर्केका छन् ।

सन् २००२मा हत्याको अभियोगमा आजीवन कारावासमा गएका बेंगलुरूको भासागी गाउँका सुभाष तुकाराम पाटिल राम्रो आचरणका कारण १४ वर्षमा जेलबाट रिहा भएर डाक्टर बनेका छन् ।मेडिकलको पढाइ शुरू गरी सबै परीक्षा पास गरी डाक्टर बनेका हुन् ।

सन् २०१६मा रिहा भएका पाटिलले मेडिकल पठाइ सकी एक वर्षे इन्टरनसीप पूरा गरी एमबीबीएसको उपाधि हासिल गरेका हुन् । राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सले उनलाई फेरि कोर्स पूरा गर्न अनुमति दिएपछि उनले पढेर एमबीबीएसको उपाधि लिएर डाक्टर बनेका छन् । उनले सबै विषय एकै पटकमा पास गरेका छन् ।

पढाइ गरिरहेका बेला एक विवाहित महिलाको प्रेममा परेको र प्रेमिकाले उत्तेजित गरेपछि उनको पतिको गोली हानी हत्या गरेका थिए ।

उनले जेलमा पढाइ कहिल्यै नछोडेको बताएका छन् । उनले जेलबाट कर्नाटका ओपन युनिभर्सिटीबाट पत्रकारिताको कोर्ष पनि पूरा गरेका छन् ।