पूर्व सभामुख महरामाथिको अभियोगमाआज फैसला हुने

पूर्व सभामुख महरामाथिको अभियोगमाआज फैसला हुने

काठमाडौं, ५ फागुन । संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यबहार प्रयासको आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा आज सोमबार फैसला हुने भएको छ । 

आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ‘सम्भवतः सोमबार फैसला आउँने छ ।

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।