फास्ट फुड कम्पनीहरूले ‘मानव सम्पर्कहीन सेवा’ सञ्चालनमा ल्याए
काठमाडौ ।कोरोनाभाइरसको प्रसारलाई रोक्ने गरी चीनमा सञ्चालित म्याकडोनाल्ड, स्टारबक जस्ता फास्ट फुड कम्पनीले खाना दिने सेवालाई ‘मानव सम्पर्कहीन सेवा’को रूपमा विकास गरेका छन् ।
कम्पनीले उपभोक्ता र आफ्ना कामदारको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर यस्तो सेवा ल्याएको कम्पनीहरूले बताएका छन् । यसलाई ‘कन्टयाक्टलेस पिकअप एन्ड डिलिभरी सर्भिस’ भनिएको छ ।
उपभोक्ताले टाढा रहेर मोबाइल फोनबाट वा स्टोरमा राखिएको कम्प्युटरबाट खानाको अर्डर गर्ने विधि म्याकडोनाल्डले निर्माण गरेको छ ।सुरक्षित साथ पकाइएको खानालाई राम्ररी प्याक गरी टाँचा लगाइन्छ । त्यसलाई सुरक्षित झोलामा हालिन्छ । यो खाना कुनै मानिसको सम्पर्क बिना उपभोक्ताले भनेको स्थानमा पु¥याइने गरेको उसको वेब साइटमा उल्लेख छ ।
ड्राइभरले उपभोक्ताले भनेको ठाउँमा पोका राखे पछि झोला राखेपछि तत्काल आफ्नो हात धुने गर्छन् । ड्राइभर र त्यो खाना बनाउने कामदार स्वस्थ्य भएको प्रमाण उनीहरूको आइडी कार्डबाट हुन्छ । उनीहरूको शरीरको तापक्रम अनुसार उनीहरूलाई ज्वरो नभएको जनाएमा मात्र काममा लगाइन्छ ।
यो महिनाको शुरूवातमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मानव सम्पर्क सिमित गर्न भनेको थियो । यो रोगमा ज्वरो एक मुख्य लक्षण भएकोले ज्वरो भएकालाई काममा नराखिने गरिएको छ । यसैगरी स्टारबकले कफीको अर्डर एपबाट लिन्छ र कफी लिन एपबाट सूचना दिन्छ ।
कोरोनाभाइरसबाट ६८५०० बढी विश्वभर संक्रमित भएको र १६६५ जनाको मृत्यु भइसकेको छ ।
।
प्रतिक्रिया