भेनेजुएलासम्बन्धी रूसी र अमेरिकी प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा फेल
राष्ट्रसंघीय सुरक्षा परिषदमा भेनेजुएलासम्बन्धी रूसी र अमेरिकी दुबै प्रस्ताव फेल भएको छ ।
रूस र चीनले भेनेजुएलाको विषयमा ल्याइएको अमेरिकी प्रस्तावलाई आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा मतदान गरे पनि सो प्रस्ताव फेल भएको हो । यसैगरी रूसी प्रस्ताव पनि फेल भयो ।
राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नेबेन्जियाले अमेरिकाले भेनेजुएलाका विषयमा दोहोरो मापदण्ड दर्शाएको भनी सो प्रस्तावको विरोध गरेका थिए ।
सुरक्षा परिषद्बाट भेनेजुएलाले अस्वीकार गरेको मानवीयता सहयातालाई भेनेजुएला भित्र पठाउन खोज्ने प्रस्ताव फेल हुने जान्दाजान्दै अमेरिकाले ल्याएको भसिलीले बताए ।
अमेरिकी मस्यौदामा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले त्यहाँको आर्थिक अवस्थालाई ध्वस्त पारेको जसले गर्दा त्यहाँबाट मानिसहरू शरणार्थी भएर भाग्न थालेको उल्लेख गरिएको छ । त्यसमा गत मे महिनामा भएको राष्ट्रपति पदको चुनाव निष्पक्ष र स्वतन्त्र तबरले नभएको उल्लेख गरिएकोले त्यहाँ शान्तिपूर्ण राजनीतिक प्रक्रियाको आवश्यकता लागि यो प्रस्ताव प्रस्तुत गरिएको मस्यौमा थप उल्लेख गरिएको छ । राष्ट्रसंघका सुरक्षा परिषदमा अमेरिकाका विशेष प्रतिनिधि इलियट अब्राम्सले भेनेजुएलाका राष्ट्रपति मदुरो विरूद्ध आरोप लगाउँदै प्रस्तावको मस्यौदा पढ्ेका थिए ।
अमेरिकी प्रस्तावप्रति चीनका विशेषदूत उ हाइताओले पनि विरोध जनाएका थिए । उनले भनेजुएलाको विषयमा त्यहाँका जनताले निर्णय गर्ने विषय भएको बताएका थिए ।
चीनले यसलाई आन्तरिक मामिलामा हस्तक्षेप भएको त्यसको विरोध गरेको थियो ।
रूस, चीन र दक्षिण अफ्रिकाले अमेरिकी प्रस्तावको विरोधमा मतदान गरे । इन्डोनेशिया, इक्वेटोरियल गुइना र आइभरी कोस्ट तटस्थ्य रहे ।
त्यसपछि रूसी प्रस्तावलाई प्रस्ताव गरिएको थियो । सुरक्षा परिषद्का ५ स्थायी सदस्यमध्ये कसैले पनि यो प्रस्तावमा विशेषाधिकार प्रयोग गरी विरोध गरे कुनै पनि प्रस्तावलाई समाप्त गर्न सक्ने प्रावधान रहेको छ ।
रूसले भेनेजुएलाका सबै राजनीतिक शक्तिलाई समस्याको समाधान गर्न आग्रह गर्ने प्रस्ताव अघि सारेको थियो । रूसी प्रस्तावलाई अमेरिकाले विरोध जनाएपछि त्यो प्रस्ताव फेल हुन पुगेको थियो ।
प्रतिक्रिया