कृष्णबहादुर महरा निर्दोश रहेको फैसाल, आजै रिहा हुँदै 

कृष्णबहादुर महरा निर्दोश रहेको फैसाल, आजै रिहा हुँदै 

काठमाडौं, ५ फागुन ।  काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।