महराले पाए मुक्ति, अवको राजनीतिक यात्रा कस्तो होला ? 

महराले पाए मुक्ति,  अवको राजनीतिक यात्रा कस्तो होला ? 

काठमाडौं, ५ फागुन । बलात्कार प्रयास मुद्धामा पुर्पक्षका लागि डिल्लिबजार कारागारमा रहेका संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष साबित भई कारागारबाट छुटेका छन् । उनले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका आइतबार सफाइ पाएका हुन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए ।

कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न परिवारका सदस्यहस्, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । साथै उनले आफू निर्दोश भएको प्रतिक्रिया दिए । 

महराले आफू बिरुद्ध लागेको अभियोगमा अनुुसन्धानका लागि सहयोग गर्न भन्दै सो अवधीसम्मका लागि सभामुख पदबाट राजीनामा दिएका थिए । महरामाथि लागेको अभियोगमा उनी निर्दोश रहेको भन्दै अदालतले सफाई दिइसकेको र सभामुखमा अग्नी सापकोटाले सपथ ग्रहण गरिसकेको अवस्थामा पुनः महरा सभामुख हुने बाटो त तत्कालका लागि बन्द भएको छ तर उनले संसद पदबाट राजीनामा नदिएका कारण उनी संघीय संसदको सदस्य भने यथावत रहने छन् । 
यो परिस्थितीमा महराको अवको राजनीतिक यात्रा कस्तो हुने हो त्यो भने समयले नै देखाउँदै जाने छ ।