ट्रम्प किम हनोइ वार्ताको असफलतामा विज्ञताको अभाव

ट्रम्प किम हनोइ वार्ताको असफलतामा विज्ञताको अभाव


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच भियतनामको राजधानी हनोइमा सम्पन्न दोस्रो शिखर वार्ताको असफलतामा ट्रम्पमा वास्तविक भू राजनीतिक अवस्थाका बारेमा रहेको ज्ञानको कमी रहेको विज्ञहरूले बताएका छन् ।

यी दुई देशबीच सम्झौताको ढोका खुला रहे पनि भियतनाम शिखर वार्ताको परिणाम आश लाग्दो भने छैन् ।

द चाइना नेशनल एसोसिएसन अफ इन्टरनेशनल स्टडिजका निर्देशक भिक्टर गाओ भन्छन्, “सारा विश्व सास रोकेर शिखर वार्ताको परिणाम कुरेर बसेको थियो तर वार्ता ठूलो निराशामा परिवर्तन भयो ।”

यो निराशा ठूलो हुनुमा जुन किसिमको यो दोस्रो शिखर सम्मेलनका बारेमा चर्चा गरिएको थियो त्यस आधारमा कुनै किसिमको औपचारिक सम्झौतामा हस्ताक्षर नभएकाले भएको हो । ट्रम्प र किमले वार्ता  सकारात्मक भएको बताए पनि अर्को वार्ता कहिले हुन्छ त्यसको मितिको संकेत पनि गरेका छैनन् ।

अमेरिका र उत्तर कोरिया दुबैले कुनै परिवर्तन खोजेका छन् भने यस्तो निराशापूर्ण अवस्थालाई उनीहरूले गम्भीरतासाथ बुझ्नु पर्ने र फेरि अर्को वार्ता गर्ने सम्बन्धी संकेत दिनुपर्ने विज्ञहरूको बुझाइ रहेको छ ।

ट्रान्जिसनल फाउन्डेशन फर पिस एन्ड फ्युचर रिसर्चका निर्देशक जान ओबर्ग भन्छन् “विश्वका हरेक व्यक्ति परमाणु निशस्त्रीकरण प्राप्त गर्न दुई कोरियाबीच कुनै शान्ति सम्झौता होस  लगाइएका आर्थिक नाकाबन्दी हटुन र सम्बन्ध राम्रो भएर जाउन भन्ने कामन गरी बसेका थिए । तर यो सबै यो बैठकबाट समाप्त भएको छ ।”

तर गाओका अनुसार ट्रम्प र किमबीतचको सम्भावना समाप्त भएर गएको छैन् ।

उत्तर कोरिया कुनै पाकेको केको टुक्राजस्तो सहजै खान सकिने ट्रम्पको बुझाइ गलत भएको उनले जनाए ।

ओबर्गका अनुसार अब सबैथोक अमेरिकाको हातमा भएकाले उसले नै पहल लिनुपर्छ ।

गाओका अनुसार कोरियाली प्रायःद्विपमा शान्ति र परमाणु निशस्त्रीकरण खोजिएको छ भने चीन र रूस लगायतका देशहरूको भूमिका पनि उतिकै महत्वपूर्ण हुन्छ ।

युद्ध विरोधी प्रतिष्ठान ‘आनसर कोलिशन’ का ब्राइन बेकरले ट्रम्प र किमबीचको कुनै सम्झौता हुन नसक्नु ठूलो विपत्ति आइसकेको जस्ता अवस्था भने नरहेको बताए । उनी भन्छन् “यसबाट शान्ति प्रक्रियाको अन्त्य भएको सोच्न सकिदैन ।”

गाओ भन्छन् “विश्वमा ट्रम्प आफै एक्लो हिरो बन्न खोजेको देखिन्छ । त्यसैले उनलाई केही बढी समय दिनुपर्छ । यो सम्झौतमा भू–राजनीतिक विषयलाई बुझ्न सजिलो विषय पनि होइन् । यसका लागि ‘सम्झौताको कला’ आवश्यक पर्छ ” 

“दुबै पक्षले इच्छाशक्ति र संकल्प दर्शाउँछन् भने यो शान्ति वार्ता निश्चय नै सफल भइ छाडछ ” ब्याकरले भने ।