चोरले चोर समात भने जस्तो व्यवहार गदै अमेरिका 

चोरले चोर समात भने जस्तो व्यवहार गदै अमेरिका 

काठमाडौ । अमेरिकाले अन्य देशमाथि साइबर अपराध गरेको आरोप लगाइरहँदा चोरले चोरलाई समात भने जस्तो व्यवहार गरिरहेको हुन्छ ।

अमेरिका चोरहरूको साम्राज्य हो त्यसको पुष्टि त्यहाँको गुप्तचर संस्था सीआईएले स्विटजरल्यान्डको क्रिप्टोग्राफी कम्पनी क्रिप्टो एजीलाई दुनियाँको सयौंमाथि जासुसी गर्न लगाएकोबाट भएको चीनले जनाएका छ । चीनको विदेश मामिलासम्बन्धी प्रवक्ता गेङ शुआङले यस्तो जनाएका हुन् ।

अमेरिकाले दुनियाँका सरकार, व्यावसायिक प्रतिष्ठान र व्यक्तिहरूमाथि निगरानी गरी त्यसका गतिविधि साइबर प्रविधिबाट चोरेको सत्य सबैले थाहा पाएको उनले जनाए ।

अमेरिकी सरकारले दुनियाँका सयौं सरकार र व्यक्तिहरूको व्यक्तिगत निगरानी क्रिप्टो एजीको उपयोग गरी गरेको समाचार वासिंटन पोस्टले सार्वजनिक गरेको विषय उल्लेख गदै उनले यस्तो जनाए ।

यो अन्तर्राष्ट्रिय कानुको उल्लंघन हो । अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेइमाथि प्रविधि चोरेको मुद्दा दायर गरेको छ । हुवावेइमाथि बिना आधार मुद्दा चलाएर अमेरिकाले चोरले चोर समात जस्तो व्यवहार गरेको गेङले जनाए ।