ओसामा बिन लादेनको छोरो खोज्न अमेरिकाद्वारा १० लाख  अमेरिकी डलरको घोषणा

ओसामा बिन लादेनको छोरो खोज्न अमेरिकाद्वारा १० लाख  अमेरिकी डलरको घोषणा

आफैले सैनिक कारबाही गरी मारेका अल–कायदाका नेता ओसामा बिन लादेनका छोरालाई खोज्न अमेरिकाले १० लाख अमेरिकी डलर बराबरको पुरस्कार घोषणा गरेको छ ।

लादेनका छोरा हमजा बिन लादेनको खोजी भरहेको छ । हमजा पाकिस्तान, अफपगानिस्तान, सिरिया वा इरानमा नजरबन्दमा छन् भनेर खोजी भई आएकोमा अमेरिकाले त्यसको जानकारी दिनेलाई १० लाख अमेरिकी डलर बराबरको पुरस्कार घोषणा गरेको हो ।

लादेनको छोरालाई उग्रवादीको नयाँ अनुहारको रूपमा लिइएकोले यो पुरस्कार राशिको घोषणा गरिएको बुझिएको छ । 

अमेरिकाको विदेश विभागले हमजालाई पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानको नजरबन्दमा रहेको सूचनाहरू प्राप्त भएको जनाएको छ ।

सन् २०११ मा पाकिस्तानको एबोट्टाबादमा अमेरिकाको विशेष सैनिक दलले विशेष अभियान सञ्चालन गरी ओसामा बिन लादेनलाई मारेको थियो । 
बाबु लादेनजस्तै गरी विश्वको जिहादी संगठनको नेतृत्व गर्ने उत्तराधिकारी जिम्मेवारी हमजाले पाएको अमेरिकी गुप्तचर संस्थाहरूले गरेका छन् । इस्लामिक संगठनको नयाँ उग्रपन्थी समूह आइएस सिरियामा सक्रिय रहेको छ ।

सन् २०१५ मा बिन लादेनले एक अडियो सन्देश जारी गरेको थियो । त्यसमा जिहादीहरूलाई सिरियामा संगठित हुन आग्रह गरिएको थियो । त्यसको एक वर्ष पछि बाबुको बाटो पछयाउँदै हमजाले साउदी अरबको सत्ता पलट गर्न आग्रह गरेका थिए । ओसामा बिन लादेनको हत्यापछि  तीन पत्नी र छोराछोरीलाई साउदी अरब फर्किन अनुमति दिइएको थियो ।

तर हमजा बिन लादेनको बसाइबारे यकिन गर्न सकिएको छैन् । आफ्नी आमासँग केही वर्ष अघिसम्म इरानमा बसिरहेको विश्वास गरिएको छ ।

केही पर्यवेक्षकका अनुसार साउदी अरब र अलकायदामाथि दबाब बढाउन इरानलाई हमजालाई नजरबन्दमा राखेको हुन सक्छ । हमजाका अन्यतर्फका दाजुभाई मध्येका एक जनाले गत वर्ष हमजालाई अफगानिस्तानमा देखिएको जनाएका थिए । 

सन् २००१ सेप्टेम्बर ११मा विमान अपहरण गरी अमेरिकाको गगनचुम्बी महलमाथि हमला गर्ने  अगुवा अपहरणकारी मोहम्मद अट्टाकी छोरीसँग हमजाले विवाह गरेको उनले गार्जियनलाई जनाएका थिए । अमेरिकाको सो हमलामा परी ३ हजार मानिसको मृत्यु भएको थियो । त्यसको बदला लिन अल कायदाका नेता ओसमा बिन लादेन र उसको संगठनलाई नस्ट गर्न अफगानिस्तानमा अमेरिकाले सैनिक हस्तक्षेप गरेको थियो । 

अफगानिस्तानमा ओसमा बिन लादेन फेला नपरेपछि अमेरिकाले लादेनलाई पाकिस्तानमा गुप्त सैनिक अभियान सञ्चालन गरी मारेको थियो ।