चिनियाँ दूतावासद्वारा काठमाण्डु पोस्टले दुर्भावना फैलाएकोमा  विरोध 

 चिनियाँ दूतावासद्वारा काठमाण्डु पोस्टले दुर्भावना फैलाएकोमा  विरोध 

काठमाडौ । १८ फेब्रुअरीमा कोरोनाभाइरस विरूद्ध चिनियाँ सरकार र चिनियाँ जनताको प्रयासलाई अनदेखा गर्दै द काठमाण्डु पोस्टले चीन विरूद्ध दुर्भावना फैलाउने मनसायसहित फोटो राखी जानी जानी चिनियाँ राजनीतिक प्रणाली माथि आक्रमण गरएको एक लेख प्रकाशित गरेकोमा नेपालस्थित चिनियाँ राजदूतावासले त्यसको विरोध गरेको छ ।

दूतावासले त्यो लेखप्रति सशक्त असन्तुष्टि र दुढ विरोध गरेको विज्ञप्तिमार्फत जनाएको छ । यो लेखले चीन विरूद्धको पूर्वाग्रह र चीनबारे अज्ञनता दर्शाएको छ । यसले चिनियाँ जनताको बुझाइलाई गहिरो आघात पु¥याएको छ । यसले चिनियाँ जनता र नेपाली मित्रहरूको भावनालाई उत्तेजित पारेको छ ।

कोरोनाभाइरस एक अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल हो । चिनियाँ सरकारले  यो महामारी विरूद्ध बृहततम तथा सर्वाधिक सशक्त मापदण्डहरू चिनियाँ सरकारले  अपनाएको र तिनको सकारात्मक असर भइरहेका छन् ।

संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठनले सुझाएका सल्लाह भन्दा धेरै टाढाका धेरै मापदण्ड र आवश्यक अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनहरू चिनियाँ सरकारले  अपनाएको छ ।

दूतावासले विज्ञप्तिमा भनेको छ “ हामीले हजारौ शैय्याका केही अस्पतालहरू धेरै छोटो समयमा बनाएकाछौं ।यसले चीनको गति, सक्षमता र शक्तिको घोषणा गर्छ र पूर्णरूपमा चीनको प्रणालीको शक्तिको प्रदर्शन गर्छ ।”

जिम्मेवार प्रमुख देशको हैसियतमा चीनले शुरू देखि महामारीको विषयमा सबै कुरा खुला तथा पारदर्शी ढंगले कार्य गरी सावधिक जानकारी गराउँदै आएको र अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको उल्लेख गर्दै दूतावासले भनेको छ “ हामीले जीवनलाई सुनिश्चित गर्न, सुरक्षित गर्न तथा चिनियाँ जनताको स्वास्थका लागि हाम्रो सर्वोत्तम प्रयास मात्रै गरेका छैनौ बरू चिनियाँ सीमाबाट बाहिर महामारीलाई नदिन भरमग्दुर योगदान गरी विश्वको सार्वजनिक स्वास्थयका लागि वलिदान पनि गरिरहेका छौ ।” 

नेपाल र विश्व स्वास्थ्य संगठन समेत १६० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संघसंस्थाहरूले चीनको निर्णायक प्रतिक्रियाको सराहना गरेका छन् । भाइरसलाई सीमा थाहा हुँदैन भन्दै दूतावास भन्छ “ सन् २००९मा एचवनएनवन फ्लु केही पश्चिमा देशमा उत्पन्न भएर २१४ देशमा  फैलिएको थियो र त्यो वर्ष १८४४९  भन्दा बढी मानिसको ज्यान गएको थियो । तर पनि त्यो देशले ६ महिनासम्म राष्ट्रिय संकटकालसम्म घोषणा गरेको थिएन् । कसैले पनि त्यसलाई त्यस देशको राजनीतिक प्रणालीसँग जोडेर केही भनेको थियो । तर अहिले केही पश्चिमा मिडियाले महामारीलाई लिएर राजनीति गर्न थालेको र महामारी विरूद्ध चीनले गरेको प्रयासको आलोचना र  चीनका राजनीतिक प्रणालीमाथि आक्रमण गरे । निसन्देह यो दोहोरो मापदण्ड हो ।”

सार्वजनिक विचार हुनेछ । महामारी फैलिए देखि नेपाल सरकार र नेपाली जनताले चीनलाई विविध ढंगले सहयोग समर्थन  गरेको  भन्दै दूतावासले भनेको छ “ हामी यसलाई सदैव सम्झिरहेने छौं । नेपाली मिडियाले पनि महामारी रोकथाम र नियन्त्रणबारे चालेका चिनियाँ कदमहरूको निष्पक्ष ढंगले प्रस्तुत गरेको छ । यसले महामारीको रोकथाम र नियन्त्रणको विषयमा नेपाली जनतालाई बुझ्न सहयोग गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।”

महामारी फैलिन नदिने विषयमा अर्थपूर्ण सुझाउलाई स्वीकार गर्न तत्पर रहेको जनाउँदै दूतावासले कुनै पनि कुत्सित मनसाय र चीनको राजनीतिक प्रणाली विरूद्ध दुभार्वनापूर्ण आक्रमणको दृढतापूर्वक विरोध गर्ने प्रस्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ “ द काठमाण्डु पोस्टका प्रधान सम्पादक अनुप काफ्लेले सदैव चीनसम्बन्धित विषयहरूलाई पूर्वाग्रहीरूपमा प्रस्तुत गर्दै आएको विषय दुखद छ । तर  यो पटक  उनले केही चिनियाँ विरोधी शक्तिको सुगा भएर तथ्यबाट धेरै टाढा गएर आफ्नो कुत्सित उदेश्यको असफल प्रयास गरेका छन् ।”

नेपालस्थित चिनियाँ राजदूतावाससँग त्यो अखबार र उनका विरूद्ध कारबाही गर्नका लागि सम्पूर्ण अधिकार सुरक्षित रहेको विज्ञप्तिमा जनाइएको छ ।

यो पनि पढ्नुहोस, कान्तिपुर मिडिया ग्रुपको निन्दनीय हर्कत