अभिव्यक्ति स्वतन्त्रताको मसिहा ठान्ने अमेरिकाले मिडयामाथि प्रतिबन्ध लगाउने

अभिव्यक्ति स्वतन्त्रताको मसिहा ठान्ने अमेरिकाले मिडयामाथि प्रतिबन्ध लगाउने

काठमाडौ । आफूलाई अभिव्यक्ति स्वतन्त्रताको मसिहा ठान्ने अमेरिकाले मिडिया नियन्त्रण गर्ने नयाँ कानुन ल्याउन लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनका प्रमुख पाँच मिडिया प्रतिष्ठानलाई नियन्त्रण गर्न नयाँ कानुन ल्याउन लागेको रोयटर्सले जनाएको छ ।

ट्रम्प प्रशासनले अमेरिकामा सञ्चालित पाँच प्रमुख चिनियाँ मिडियाको व्यवहार विदेशी दूतावास जस्तो गर्ने जनाएको छ । मिडियाका कामदार र अमेरिकामा रहेको सम्पत्तिलाई दर्ता गर्न अनिवार्य गर्ने गरी प्रावधान ल्याउन लागेको जनाइएको छ । चिनियाँ मिडियालाई विदेश विभागमा त्यसलाई दर्ता गर्नुपर्ने गरी कानुन बनाउन लागेको हो ।

विदेश विभागका दुई वरिष्ठ अधिकारीहरूले यो निर्णय गरिएको रोयटर्सको समाचारमा उल्लेख  छ ।  ती अधिकारीका अनुसार चिनियाँ मिडियाले चीनको प्रचारबाजी गर्ने गरेकोले यस्तो निर्णय गरिएको हो । 

अमेरिकाको विदेश विभागले ती पाँच प्रतिष्ठानलाई यो निर्णय सम्बन्धमा औपचारिक पत्र पठाइसकिएको छ । यसबारे तत्काल अमेरिकास्थित चिनियाँ दूतावासले प्रतिक्रिया नजनाएको उल्लेख गरिएको छ ।

चीन र अमेरिकाबीच राष्ट्रपति ट्रम्प भएया तनाव बढदै गएको छ । दुबै देशले एक अर्काको वस्तु तथा सेवामा अतिरिक्त भन्सार महशुल बढाउने गरी व्यापार युद्ध गरिरहेका छन् । अमेरिकाले चीन विरूद्ध ताइवानलाई समर्थन गरिरहेको छ ।

ट्रम्प प्रशासनले यो निर्णय सिन्ह्वा न्युज एजेन्सी, चाइना ग्लोबल टेलिभिजन नेटवर्क, चाइना रेडियो इन्टरनेशनल, चाइना डेली डिस्ट्रिब्युशन कोरपोरेशन र हाइ तियान डिभलपमेन्ट युएसए विरूद्ध गर्न लागेको हो ।