नेपालका कम्युनिस्टहरुलाई कमजोर पार्न अरबौँको लगानी भइरहेको छ : प्रचण्ड

नेपालका कम्युनिस्टहरुलाई कमजोर पार्न अरबौँको लगानी भइरहेको छ : प्रचण्ड

सुर्खेत, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । 

नेकपाद्वारा मङ्गलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ को उद्घाटन गर्दै उनले विश्वमा कम्युनिस्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा भने बलियो भएर आएको बताए। 'दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छु, उनले भने,  ुयसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।'

नेपालका कम्युनिस्टहरुलाई कमजोर पार्न अरबौँको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भने, 'समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ ।' कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभइ विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।'

पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिस्ट शासन भएको देश नेपाल र कुटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने पनि बताए । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिए । 

प्रचण्डले लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।