जर्मनीमा बन्दुक हमला : ८ जनाको मृत्यु

जर्मनीमा बन्दुक हमला : ८ जनाको मृत्यु

पश्चिम जर्मन हानाउ शहरमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा परि ८ जनाको मृत्यु भएको छ। अज्ञात व्यक्ति दुई बारमा उक्त घटना घटाएका हुन् । साथै घटनामा ५ जना बढी घाइते भएको छन् ।  

पहिलो पटकको बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको थियो भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको थियो। आक्रमणकारी उक्त घटना घटाएपछि त्यहाँबाट भागेका छन् ।  ती आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको जर्मन अधिकारीहरुले जनाएका छन्। हमलाकारीलाई प्रहरी र हेलिकप्टरले घटनास्थल र त्यसको वरीपरि गस्ती गरि खोजिरहेका छन्।

समाचारका अनुसार पहिलो हमलामा ३ जनाको मृत्यु भएको छ भने दोश्रो हमलामा ५ जनाको मृत्यु भएको छ। आक्रमणको कारण खुल्न सकेको छैन्। हनाउ शहर जर्मनीको फ्रान्कफर्ट शहरबाट २५ किलोमिटर पूर्वमा पर्छ।