सञ्चारमन्त्रीलाई बर्खास्तको माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध 

सञ्चारमन्त्रीलाई बर्खास्तको माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध 

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको भिडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उनलाई पदबाट बर्खास्तको माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियोमा एजेन्टले मन्त्रीलाई ५४–५५ करोड आउने बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका हुन्। साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने पनि माग गरिएको छ । सांसदहरुले आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् ।